News Category 2079/12/03
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
बहुला कुकुरले राजविराज नगर क्षेत्रमा शुक्रबार एकै दिन एक दर्जन भन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएको छ । घाइते हुनेहरुमा अधिकांश बालबालिका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षका अहेब बिजयकान्त झाका अनुसार बिहान ६ बजेदेखी साँझ ६ बजेसम्ममा बहुला कुकुरले टोकेर घाइते भई उपचार गराउन आउनेको संख्या १३ पुगेको छ । त्यसमध्ये अधिकांश बालबालिका छन् ।
अस्पतालका अनुसार बहुला कुकुरको टोकाईबाट घाइते भई उपचार गराउन आउनेहरुमा राजविराजका अनुपमा खड्गा, जानकी खडगा, दुर्गीदेवी मुखिया, अक्षरत साह, साक्षि साह, गणेश चौहान, शिवा साह, सावित्रि साह छन् ।
स्थानिय बिजय साहले चार÷पाँच वटा बहुला कुकुरले बिहानैदेखी जनआन्दोलन चौक, गजेन्द्र चौक, सिरहा रोड र हटिया बजारमा आंतक मचाएको बताए । बहुला कुकुर अत्यन्त ब्यस्त बजार मानिएको हटियामा प्रवेश गरि आंतक मचाउन थालेपछि किनमेलका लागि आएका सर्वसाधारणहरुमा भागाभाग मचिएको थियो ।
यस्तै किनमेलका लागि राजविराज आएका छिन्नमस्ता गाउँपालिकाका प्रतिक कुमार झा र कृती कुमारी झा पनि घाइते भएकी छिन् । घाइते सबैलाई एन्टिरेबिज भ्याक्सिन लगाउनुका साथै आवश्यक उपचार गरिएको सो अस्पतालले जनाएको छ ।
बहुला कुकुरले आंतक मचाउन थालेपछि राजविराज नगरपालिकाले कुकुरलाई पक्रने प्रयास थालेको राजविराज वडा नं. ७ का सदस्य रमानन्द देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ