News Category 2079/12/07
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको खाँडो खोलामा जडान गरिएको समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली र यसबाट भारतीय क्षेत्रमा परेको प्रभावका बिषयमा सोमबार विहारको कुनौलीमा क्रस बोर्डर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
इसिमोडको सहयोगमा सबल नेपालले आयोजना गरेको सो कार्यक्रममा युनिसेफको आर्थिक सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा जडान गरिएको पूर्व सूचना प्रणालीका बारेमा कार्यक्रमको आयोजना गरिएको हो ।
सो कार्यक्रममा कुनौली ग्राम पञ्चायतका पूर्व मुखिया सत्यनारायण रजकले पूर्व सूचना प्रणालीले यस क्षेत्रमा धनमाल जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “पूर्व सूचना प्रणाली नहुँदा बाढी कतिखेर आउने हो हामीलाई थाहा नै हुँदैनथियो” पूर्व मुखिया रजकले भन्नुभयो, “अब त करिब तीन घण्टा अगावै खबर आउँछ र हामी सबै सजग हुने गरेका छौं ।”
तीन वटै पञ्चायतको ५७ वटै वडामा वडा स्तरीय समिति गठन गरि विपद् जोखिम न्युनीकरण सम्बन्धी जागरण कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको पूर्व मुखिया रजकले आवश्यकता औंल्याए ।
समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीबाट भारतको विहार राज्य अन्तर्गतका तीन वटा ग्राम पञ्चायतका बासिन्दालाई पनि अझ फाइदा पु¥याउन गर्नुपर्ने कार्यहरुको बारेमा अन्तरक्रिया गर्न तथा बाढी पूर्व सूचना प्रणालीलाई अझ ब्यवस्थित गर्न सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताए ।
कुनौलीको लोक भारती सेवा आश्रमको स्थानीय संयोजनमा आयोजना गरिएको सो कार्यक्रममा कुनौलीका मुखिया दिलिप कुमार रजकले पूर्व सूचना प्रणालीबाट धेरै मद्दत पुगेको र यसलाई तीनवटै पञ्चायतमा ब्यवस्थित रुपमा सूचना प्रवाह गर्न आफूहरुले अझ मिहिनेत गर्ने बताए ।
सो कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली र यसले भारतीय क्षेत्रमा पारेको सकारात्मक प्रभावका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
लोक भारती सेवा आश्रमका सचिव पञ्चम नारायण सिंहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कुनौली, कमलपुर र डंगमारा पञ्चायतका मुखिया, सरपञ्च तथा विपद् ब्यवस्थापनको क्षेत्रमा कार्यरत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
खाँडो नदीको बाढीले कुनौली, कमलपुर र डंगमारा ग्राम पञ्चायतको वडाहरुलाई प्रभावित गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ