News Category 2071/08/19
मधेश छुट्टै राष्ट्र हुनुपर्छ ः डा. राउत
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले स्वतन्त्र मधेशको अडानलाई कायमै राख्दै मधेशको आप्mनो छुट्टै राष्ट्र हुनुपर्नेमा जोड दिनुभएको छ ।
बैज्ञानिक डा. सिके राउतद्वारा बिहिबार राजविराजस्थित शिवमन्दिरको प्राङ्गनमा आयोजित जन सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली राष्ट्रियतालाई तोडेर मधेशी राष्ट्रियता बनाउन जरुरी नरहेको बताउँदै मधेशलाई स्वतन्त्र बनाउनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले अहिलेको सरकारले काठमाडौंमा मधेशीप्रति गरेको धरपक्कडमा मधेशी जनतालाई पक्राउ गरी मधेशी प्रतिको विभेदको पर्दाफास गरेको बताउँदै राज्यले आफू माथि गरेको षडयन्त्रले आफ्नो हौसला थप बुलन्द भएको बताउँनुभयो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्दै डा. राउतले मधेशको सम्भ्यता–ईतिहास १ लाख १० वर्ष पुरानो रहेको बताउँदै त्यसमा मधेश छुट्टै एउटा राष्ट्र रहेको बताउँनुभयो । उहाँले भन्नुभयो, “यस सरकारले हामीलाई के दियो, दियो त औपनिवेशिकता, गाली, बेईज्जत र दुव्र्यवहार मात्र दिन सक्यो, नेपाल सरकारले मलाई समातेन मेरो विचारलाई समात्न खोजेको छ, मेरो मधेशको मुद्दालाई हप्काउन खोजेको छ त्यही भएर मलाई सरकारले ३ महिना कैदी बनाएर राखेको बताउँदै अब मधेशी जनता जागरुक भईसकेको छ र आफनो अधिकार र मधेशलाई स्वतन्त्र बनाएर नै छाडने छ ।”
एक अर्को प्रसङगमा डा.राउतले मधेशलाई स्वतन्त्र नगरेसम्म अब मधेशी जनताहरु आप्mनो मधेशलाई स्वतन्त्र बनाउनका लागि सडकदेखि सदनसम्म नछाडने बताउँदै पहाडी दमन र शोषण विरुद्ध सदैव अगाडी बढ्ने उद्घोष समेत गर्नुभयो ।
सरकारले मुलुकको ७५ प्रतिशत राजस्व तराई मधेशबाट असुली गरेपनि मधेशमा ६÷७ प्रतिशत मात्र विकासमा खर्चे गर्ने गरेको तथा सम्पुर्ण बजेट पहाडमै खर्चिने गरेकाले अब तराई मधेशको विकासका लागि मधेशका समपुर्ण आम नागरिकहरु लागिपर्नेमा जोड दिनुभयो । उहाँले यहाँका प्रहरीहरु हाम्रै श्रमको तलब लिइएपनि उल्टै तपाई हामी माथि नै गोलि चलाउने गरेको बताउँदै मधेशलाई गुलामी नभई आजाद गर्नुपर्ने बताउनुभयो ।
डा.सिके राउत बचाउ संघर्ष समितिका संयोजक सुरेन्द्र मधेशीको अध्यक्षतामा आयोजित सो जन सम्बोधनमा महिला नेतृ कोशिला महतो, सिरहा संयोजक विष्णु चौधरी, पुर्व सभासद महेश प्रसाद यादव, स्वतन्त्र मधेश गठबन्धनका सचिव कैलाश महतो, चन्दन सिंह, मधेश रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, सुनसरीका देवराम मधेशी लगायतका बक्ताहरुले मधेशलाई अलगै राष्ट्र निमार्ण हुनुपर्नेमा जोड दिनुभएको थियो । सो सभामा जिल्लाका विभिन्न स्थानबाट सयौ भन्दा सर्वसाधारण तथा डा.राउतका समर्थकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ