News Category 2080/02/05
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता दिएको प्रकरणमा जोडिएका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार राम शुक्रवार ५० हजार धरौटी बुझाएका छन् । सो धरौटी बुझाएपछि उनी पक्राउबाट जोगिएका छन् ।
उनी सहित सो प्रकरणमा २६ जना विरुद्ध सप्तरी जिल्ला अदालतले गत बैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
राम स्वयम् अदालतमा हाजिर भएपछि भएको थुनछेक बहस पश्चात न्यायाधिश हरिशचन्द्र इंङ्गनामको इजलासले ५० हजारको धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
योसँगै उक्त प्रकरणका ५ जना आरोपि धरौटी बुझाएर हाल सम्म मुक्त भएका छन् भने २१ जना अझै फरार छन् ।
२०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सुर्य नारायण यादवको छोरा सतिष यादवको नेपाली नागरिकता जारी भएकोमा सतिष यादव सूर्यनारायण यादवको छोरा नभएको र झुठ्ठा विवरण पेश गरी नागरिक्ता दिइएको भन्दै दर्ता भएको अभियोग पत्रमा अधिकृत राम समेत प्रतिवादि रहेका छन् ।
नागरिक्ता जारी भएका बेला प्रशासकिय अधिकृत राम जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत थिए । हाल उनी विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमा वहाल छन् । उनी केही दिनअघि मात्र विष्णुपुर गाउँपालिकामा सरुवा भई सो जिम्मेवारी प्राप्त गरेका छन् । उनले यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा अनाहकमा आफ्नो नाम जोडिएको दावी गर्दै आएका छन् ।
अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त प्रकरणका आरोपि २६ जना मध्ये राजविराज नगरपालिका ११ का वडा अध्यक्ष उदित नारायण यादव, झुठ्ठो विवरण पेश गरी नागरिक्ता लिएका सतिष र उनका बुवा दावि गरिएका सूर्यनारायण यादव जनही १÷१ लाख तथा स्थानीयवासी राधेश्याम यादव २५ हजार धरौटी बुझाएर रिहा भइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ