News Category 2071/09/14
माघ ८ गते सहमति नभए प्रक्रिया पु¥याएर पनि संविधान जारि हुन्छ ः मन्त्री डा. खड्का
दैनिक संवाददाता
राजविराज, १३ पुस ।
शहरी विकास मन्त्री डा. नारायण खड्काले तोकिएकै समयमा संविधान जारी हुने दाबी गर्नुभएको छ ।
राष्ट्रिय सरसफाई समन्वय समिति र क्षेत्रिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति धनकुटाको आयोजनामा सप्तरीको कुशहा गाविसमा आईतबार आयोजित मधेश तराई सरसफाई प्रवद्र्धन कार्यशालामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्री खड्काले माघ ८ गते सहमति नभए प्रक्रिया पु¥याएर पनि संविधान जारि गर्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “तोकिएको समयमा संविधान जारी गर्नका लागि सहमतिको प्रयास गरिरहेका छौ, तर सहमति भएन भने प्रक्रिया मिलाएर बहुमतबाट पनि संविधान जारी हुन्छ, किन भने हामीले देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन मिल्दैन ।” उहाँले संविधान सभा निर्वाचनमा विभिन्न दलहरुले जारी गरेको घोषणा पत्र एक वर्षमा संविधान जारी गर्ने उल्लेख भए बमोजिम नै सोही समय समयमा संविधान जारी हुने जिकिर गर्नुभयो ।
समयमा संविधान जारी भएन भने मुलुक आर्थिक विकासले पछाडी पर्दै जाने बताउनुहुदै मन्त्री खड्काले समयमा संविधान जारी गर्न सम्पुर्ण दलहरुको प्रतिवद्धता समेत रहेकोले माघ ८ मै संविधान आउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
एक अर्को प्रसङमा उहाँले सरसफाईलाई गोष्ठिको रुपमा मात्र गरेर नहुने यसलाई अभियानको रुपमा घरदैलोसम्म पु¥याए मात्र सफल हुने बताउँनुभयो । सन् २०१६ सम्ममा मुलुकलाई सरसफाई मुक्त बनाउने योजना रहेको हुदाँ यसका निम्ति आन्दोलन गरेर पनि सफलता पुर्वक सम्पन्न गर्नुपर्ने उहाँको धारणा रहेको छ ।
सोही कार्यशालामा सप्तरीका स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला, सिरहा र सुनसरी जिल्लाका स्थानीय विकास अधिकारी, खानेपानी तथा सरसफाई डिभिजन सप्तरीका प्रमुख लोकेन्द्र यादव, तीनै जिल्लाका एक दर्जन भन्दा बढी सभासद्, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र देवकोटा, उपनिर्देशक रामदेव साह, युनिसेफका प्रतिनिधि, युएन हेबिटान्सका प्रतिनिधि, एसएनभिका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडा लगायतका बक्ताहरुले तिनै जिल्लाका गाविसहरुमा सरसफाई कार्यक्रम तिव्र रुपले भईरहेको र बाँकी गाविसहरुमा तदारुकताका साथ सरसफाई अभियानलाई सफलता पुर्वक सम्पन्न गराउने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
सोही कार्यशालामा तीनै जिल्लाका गाविस सचिवहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ