News Category 2071/09/14
बेन्च डेस्कको अभावमा चिसो भु“इमै पढ्दै बालबालिका
शुभ नारायण यादव
राजविराज, १३ पुस ।
भौतिक पूर्वाधारको अभावमा सप्तरीको छिन्नमस्ता गाविस–७ मोहनपुरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरु चिसो भुइँमा अध्ययन गर्न बाध्य भएका छन् ।
वि.सं. २०६६ सालमा स्थापना भएको उक्त विद्यालयका बालबालिकाहरु भौतिक पूर्वाधारको अवभाका कारण चिसोमा पनि छाप्रामुनि भुँइमै बसेर पढ्न बाध्य भएका छन् ।
सरकारी उदासिनताले भौतिक पूर्वाधार नहुँदा कक्षा तीनसम्म रहेको सो विद्यालयका करिब दुई सय बालबालिकाहरुलाई एउटै फुसको छाप्रामुनि वेन्च टेबुलको अभावमा चिसो भुँईमै पढाउँदै आएको विद्यालयका शिक्षक सन्तोष कुमार मण्डलले जानकारी दिनुभयो ।
भवन तथा बेन्च, टेबुल र डेस्कको अभावमा त्यहाँका बालबालिकाहरु चिसो भुँइमा बसेर पढ्दै आएपनि सहयोगका लागि विभिन्न निकाय तथा जिल्ला शिक्षा कार्यालयमा अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको विद्यालयकी प्रधानाध्यापक लक्ष्मी कुमारी मण्डलले आरोप लगाइन् ।
उहाँले भन्नुभयो, “भवन तथा भौतिक पूर्वाधारको अभावमा बाध्य भएर चिसो भुँइमै बालबालिकाहरु पढ्न बाध्य छन् ।”
भौतिक पूर्वाधारको अभावले गर्दा चिसोमा बालबालिकाहरु कक्षा समेत न्यून मात्रामा आउने गरेको तर पनि विद्यालयको यस्तो जिर्ण अवस्था प्रति शिक्षा कार्यालय तथा सम्बन्धित निकायको समेच ध्यान पुग्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्यानी मण्डलको भनाई रहेको छ ।
आ.व. २०६८÷०६९ देखि उक्त विद्यालयमा कक्षा तीन समेत संचालन गरेपनि विद्यालयको भौतिक पूर्वाधार एवं शिक्षक दरबन्दीको बारेमा बारम्बार जिल्ला शिक्षा कार्यालयमा आग्रह गर्दा पनि हालसम्म कुनै चासो नलिएको अध्यक्ष मण्डलको आरोप रहेको छ ।
अध्यक्ष मण्डलका अनुसार गत वर्ष विद्यालयलाई शौचालय सहयोग गरेपनि विद्यालयमा भवन नहुदाँ चिसो मौसममा बालबालिकाहरु भुईमै अध्ययन गर्ने गरेकाले झन समस्या उत्पन्न हुने गरेको छ ।
भवन तथा भौतिक पुर्वाधारका लागि सयौ बालबालिकाहरुलाई पठन पाठनमा समस्या उत्पन्न हुने गरेकाले सरकार तथा सम्बन्धित निकायले अबिलम्ब उक्त विद्यालयमा भवन र भौतिक पुर्वाधार उपलब्ध गराउनका लागि सम्बनिधत सबै पक्षसँग अध्यक्ष मण्डलले अनुरोध समेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ