News Category 2071/09/15
पुनरावेदन अदालतका लागि सार्वजनिक जग्गा दिएकोमा मलेठवासीद्वारा स्वागत
दैनिक संवाददाता
राजविराज, १४ पुस ।
सप्तरीको मलेठ गाविस ७ स्थित सार्वजनिक जग्गामा पुनरावेदन अदालत, सरकारी वकिलको कार्यालय, प्रहरी विटको कार्यालयहरुको भवन निमार्णको लागि सार्वजनिक जग्गा उपलब्ध गराउने सबै पक्षबाट सहमतिको आधारमा भएको निर्णय प्रति स्थानीयहरुले स्वागत गरेका छन् ।
मलेठ ७ निवासी शम्भु प्रसाद यादवले विज्ञप्ती प्रकाशन गरी पुर्वाञ्चलको प्रमुख न्यायिय अडा पुनरावेदन अदालत राजविराज जग्गाको कमिले गर्दा अन्यत्र सर्ने हल्ला चलेपछि स्थानीय नागरिक, राजनैतिक दल, नागरिक समाज तथा पत्रकारहरुको सर्वपक्षिय बैठकले मलेठ गाविसमै सो कार्यालय रहने सर्वपक्षिय निर्णयको स्वागत गरेको जनाएका छन् ।
हस्ताक्षरित विज्ञप्तीमा स्थानीय केही नक्कली सुकुम्वासीहरुले सार्वजनिक जग्गालाई आप्mनो निजि प्रयोजनको लागि उपभोग गर्दै आएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सुकुम्बासीहरुको पहिचान गरि वास्तविक पीडित सुकुम्बासीहरुलाई नेपाल सरकारको ऐन नियमको आधारमा बसोबासको व्यवस्था मिलाउनुपर्ने माग समेत गरेका छन् । तर, विगहा विगहा जग्गा भएको ब्यक्तिहरु कृष्णानगरको नाउँमा सार्वजनिक जग्गालाई निजीकरण गरी उपभोग गरिरहेकोले गर्दा सरकारी पक्षबाट दोषी माथि कडा कार्बाही हुनुपर्ने माँग गर्दै केही निजी ब्यक्तिहरुले सार्वजनिक घर बनाउँन लगाई एउटा घर माथि एक हजारदेखि बीस हजारसम्म लिने गरेको गुनासोहरु आईरहेको बेला आप्mना बुुबा नसिव लाल यादव र स्वयंले बारम्बार असली सुकुम्बसीहरुको पहिचान गरी सुकुम्बासीको हक उपभोग गर्न अनुरोध गर्दा बुबा र आफूमाथि विभिन्न प्रकारको आरोप लगाएर चरित्र हत्या गर्ने कार्य गरेको जनाएका छन् ।
बर्षौदेखि भोग चलन गर्दै आएको यी जग्गाहरुमा केही दिन देखि कानुनी अधिकार प्राप्तिको लागि लडाई लडदै आएको अवस्थामा सर्वोच्च अदालतले ०–५–१९ जग्गा मेरो हकमा फैसला गरेको र ३–०–० विगहा जग्गा सार्वजनिक गरिसकेकोले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै आप्mनो तर्फबाट ती सार्वजनिक जग्गामा कुनै किसिमको उपभोग नगरिरहेकोले जनाउँदै केही सिमित ब्यक्तिहरुको चलखेल र गुण्डागर्दीको नबनोस भन्ने चलखेल भईरहेको सो चलखेल गर्ने ब्यक्तिहरुको पहिचान गरी कडा कानुनी कार्बाही हुनुपर्ने माँग विज्ञप्ती मार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ