News Category 2071/09/16
अहिंसाको बाटोबाट मधेशलाई स्वतन्त्र गराएर छाड्ने डा. राउतको प्रतिवद्धता
दैनिक संवाददाता
राजविराज, १५ पुस ।
डा. सि.के. राउतले अहिंसाको बाटोबाट मधेशलाई स्वतन्त्र गराएर छाड्ने प्रतिवद्धता जनाउँनुभएको छ ।
स्वतन्त्र मधेश गठबन्धन डा. सि.के. राउत बचाउ संघर्ष समितिद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेशलाई स्वराज अर्थात मधेशमा वाक स्वतन्त्रता हुनुपर्नेमा जोड दिनुभयो ।
डा. राउतले राज्यले मधेशमा औपनिवेश लाद्न खोजेको आरोप लगाउँदै मधेशलाई स्वतन्त्र बनाउँनुपर्नेमा जोड दिनुभयो ।
राउतले सैद्धान्तिक रुपमा अहिंसाको बाटोबाट मधेशलाई स्वतन्त्र बनाउँनका लागि आफु स्वतन्त्र गठबन्धन बनाएर अगाडी बढेको जानकारी दिनुभयो ।
उहाँले संवैधानिक अधिकारको लागि आफु लड्दै आएको बताउँदै मधेश राष्ट्र सनातन राष्ट्र रहेको जनाउँदै नेपाल राष्ट्रबाट मधेशलाई मुक्ति दिलाउँनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले आप्mनो जन सम्बोधनलाई बिथोल्न सरकारले षडयन्त्र गरेको आरोप लगाउँदै आफु मधेशी जनताको लागि अधिकार दिलाउँने आन्दोलन गर्दै आएको र मधेशलाई स्वराज गराएर छाड्ने जिकिर समेत गर्नुभयो । राज्यले मधेशबाट ७५ प्रतिशत राजस्व उठाउँछ तर बजेट करिब ७ प्रतिशत मात्र मधेशलाई छुट्याउने गर्छ, श्रोत साधन हुदाँ हुदै पनि मधेशी जनताको हात सरकारले बाँधी मधेशमा उपनिवेशिक लाँद्नाले अब मधेशी जनताहरुको अधिकारका लागि आप्mनो गठबन्धन अगाडी बढ्ने जिकिर समेत उहाँले गर्नुभयो ।
डा. राउतले स्वराज आन्दोलन मधेशलाई आजाद गराउँनका लागि आन्दोलनमा ओर्लेको बताउँदै मधेशलाई आजाद बनाउँने लक्ष्य गठबन्धनको रहेको स्पष्ट पार्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले लोकतान्त्रिक व्यवस्थामा जनताको भावनालाई कदर गर्नुपर्ने बताउँदै जनता आजादी माँग्छ भने लोकतान्त्रिक व्यवस्थामा आजादी दिनुपर्नेमा विशेष जोड दिनुभयो ।
उहाँले माघ ८ गते भित्र संविधान ल्याउँने जिम्मा सरकारको रहेको तर सरकार स्वयं आफै संविधान नल्याउँने पक्षमा रहेको बताउँदै वर्तमान सरकारले मुलुकमा द्वन्द्व निम्त्याएर देशलाई अराजक स्थितिमा ल्याउँन खोजेको आरोप लगाउँनुभयो ।
एक अर्को प्रसङ्गमा डा. राउतले तराईका सशस्त्र संघर्षरत जयकृष्ण गोईत लगायतका सशस्त्र समुहहरुसँग आप्mनो कुनै संलग्नता अथवा साँठघाँठ नरहेको दाबी गर्दै उहाँले आफु सैद्धान्तिक रुपमा अहिंसाको बाटोबाट मधेशलाई स्वतन्त्र बनाउँन लागिपरेको स्पष्ट पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ