News Category 2071/09/19
तलब नखाएरै बालविकास केन्द्र संचालन
दैनिक संवाददाता
राजविराज, १८ पुस ।
सप्तरी सदरमुकाम राजविराज ७ स्थित माँ दुर्गा बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ताले हालसम्म तलब नपाएको गुनासो गरेकी छिन ।
माँ दुर्गा बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता कल्पना देवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गुनासो गरेकी हुन । आयोजित पत्रकार सम्मेलनमा उहाँले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ६ महिनाको तलब नपाएको बताइन् ।
हाल उक्त बाल विकास केन्द्रमा २५ जना बालबालिकाहरु अध्ययनरत रहेको बताउँदै उहाँले भवन तथा भौतिक पुर्वाधारको अभावमा पनि बाल विकास संचालन गर्दै आएपनि बाल विकास प्रति राज्य तथा सम्बन्धित निकायले कुनै चाँसो नदेखाएको आरोप लगाईन ।
भवन तथा भौतिक पुर्वाधार मात्र नभई बिना तलबको पनि बालविकासकी सहयोगी कार्यकर्ताहरुले बालविकास केन्द्र नियमित रुपमा संचालन गर्दै आए्को उहाँको कथन छ । त्यती गर्दा पनि राज्य तथा जिल्ला शिक्षा कार्यालय समेतले समयमा तलब उपलब्ध नगराएकोप्रति आक्रोस व्यक्त गर्नुभयो ।
उहाँले हाल निमावि थानगाछीका प्रअ रमेश दत्तको नाउँमा सो बालविकास केन्द्रको अनुगमनको जिम्मा दिएपनि हालसम्म प्रअले बालविकास केन्द्रको अनुगमन समेत नगरेको तथा पछि सो बाल विकास केन्द्र संचालनमा नरहेको भन्दै अर्को ब्यक्तिको नाउँमा तलब निकासा भइरहेको खुलासा गर्नुभयो ।
पत्रकार सम्मेलनमा देवले आप्mनो बाल विकास केन्द्र नियमित रुपमा संंचालनमा रहेको दाबी गर्दै आप्mनो तलब अर्का ब्यक्ति खोजपुर गाविसकी निलम चौधरीको नाउँमा निकासा भइरहेको जानकारी दिइन् । उनले भनिन्, “जब बाल विकास थिएन भने तलब कसरी निकासा भयो, आफुले गरेको मेहनतको उचित परिश्रामिक अबिलम्ब जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायले उपलब्ध गराउनुपर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ