News Category 2080/05/28
शिक्षकको तलब ८ बाट ५ हजारमा झर्ने भएपछि मदरसामा विवाद
दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
राजविराज नगरपालिका वडा नं. १ चनौरा पडरियास्थित आशिनियाँ दारुल उलुम मदरसामा शिक्षकले पाउने गरेको तलब ८ हजारबाट ५ हजारमा झर्ने भएपछि विवाद चर्किएको छ ।
राजविराज नगरपालिकाले शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिँदै आएको २ लाख ४१ हजार रुँपैया मध्येबाट दुई जना शिक्षक मासिक ८ हजार ३ सय ३३ रुँपैयामा काम गर्दै आएका थिए ।
सोही अनुदान रकमबाट थप एक जना शिक्षकलाई नियुक्तिको प्रयास गर्दा घटेर मासिक ५ हजार ५ सय ५५ रुँपैया तलब भागमा पर्ने भएपछि शिक्षक र व्यवस्थापन समितिका अध्यक्षबीच विवाद चर्किएको हो ।
मदरसाका प्रधानाध्यापक रुबिना बेगमले नगरपालिकाबाट अनुदान स्वरुप आउने बार्षिक २ लाख ४१ हजार रुँपैया मध्ये ४१ हजार मरदसा व्यवस्थापन समितिका अध्यक्ष आशिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाख मध्येबाट आफू र मौलबीसहित दुई जनाको तलबमा खर्च हुने गरेको बताइन् । सोही अनुदान रकमबाट तलब खाने गरि मदरसा व्यवस्थापन समितिका अधयक्ष आशिन मियाँले आफन्त पर्ने तेश्रो व्यक्ति नियुक्तिको प्रयास गर्दा आफूहरु मारमा पर्ने बताइन् ।
उनले आफूहरुलाई जागिर छाड्न बाध्य बनाउन र आफन्तलाई भर्ना गर्ने नियतले अध्यक्षले गैरकानुनी ढंगले थप एक जना मौलबीलाई गत २०८० जेठ ४ गतेदेखी काममा लगाएर नियुक्ती पत्रका लागि आफूहरुमाथी दबाब बढाउदै लगेको आरोप समेत लगाइन् ।
उनले नगरपालिकाबाट अनुदान वापत प्राप्त हुने २ लाख ४१ हजार मध्ये ४१ हजार अध्यक्ष आशिनले आफै राख्ने गरेकोमा उक्त रकम फिर्ता गर्नु पर्ने माग पनि गरेकी छिन् ।
मदरसाका शिक्षक मो. युनिसले व्यवस्थापन समितिको बैठक कहिले नबसेको र अध्यक्षले आफूखुशी निर्णय गरि घरघरमा गई दबाब दिएर समितिका सदस्यहरुसँग निर्णय पुस्तिकामा हस्ताक्षरको प्रयास गर्ने गरेको बताए ।
व्यवस्थापन समितिका अध्यक्ष आशिनले मदरसा व्यवस्थापनका लागि आफूले ४१ हजार लिने गरेको दाबी गर्दै मदरसामा थप शिक्षकको आवश्यकता महसुस भएकाले एक जनालाई राख्न लागेको बताए । ८४ जना बालबालिका अध्ययन गर्ने उक्त मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाई हुनछ । तर आवश्यकता अनुसारको शिक्षक अभाव भएपछि थप एकजना मौलबी राखिएको उनले स्पष्ट पारेका छन् ।
बि.स. २०६६ सालमा स्थापित उक्त मदरसामा उत्पन्न विवादले बालबालिकाको पठनपाठनमा समेत असर पार्ने भन्दै स्थानियले यसको सत्यतत्य छानबिन गरि अविलम्ब समस्या समाधान गर्न माग गरेका छन् ।
अध्यक्ष आशिनले उल्टै जागिरबाट हटाइदिन्छु भनि धम्की दिएको भन्दै प्रअ, शिक्षक र अभिभावकले उनी बिरुद्ध नगरपालिका, शिक्षा समन्वय इकाई तथा अन्य निकायमा उजुरी दिने निर्णय गरेको प्रअ बेगमले बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ