News Category 2080/05/29
मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान गम्भिर
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
सप्तरीको रुपनीमा विहीवार मध्यराती भएको मोटरसाईकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने दुर्घटनामा उनका श्रीमान् गम्भिर घाईते भएका छन् ।
रुपनीबाट राजविराजतर्फ आउने क्रममा राजविराज रुपनी सडकखण्डस्थित विधुत प्राधिकरण वितरण शाखा नजिकै स.४प. ५७६० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइलमा सवार रुपनी गाउँपालिका ३ कटैया निवासी ४० वर्षिया शिलावती मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भिर चोट लागेका उनको स्थानीय युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा मोटरसाईकल चालक ४९ वर्षिय उनका श्रीमान् हरेराम मुखिया गम्भिर घाइते भएका छन् । उनको स्थानीय गजेन्द्रनारायण सिह अस्पतामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार ंिसहका अनुसार मोटरसाईकल दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ