News Category 2080/06/02
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
नेकपा (एकिकृत समाजवादी) छिन्नमस्ता गाउँपालिका सप्तरीले गत असार १० गते २१ बुँदे माग अघि सार्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदा पनि हालसम्म गाउँपालिकाले सो मागप्रति वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
नेकपा (एकिकृत समाजवादी) छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सत्यदेव मण्डल र जिल्ला सचिवालय सदस्य एवं अध्यक्षका प्रत्यासी उम्मेदबार जयप्रकाश यादवले मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त मागहरुबारे गाउँपालिकाले वेवास्ता गरेको भन्दै ती मागहरु सार्वजनिक गरेको हो ।
आयोजित पत्रकार सम्मेलनमा ती मागहरुलाई गाउँपालिकाले बारम्बार वेवास्ता गरेकोले संघर्षका कार्यक्रम अन्तरगत पत्रकार सम्मेलन, असोज ३ गते देखी ९ गतेसम्म प्रतयेक वडामा जनता जागरण तथा भण्डाफोर कार्यक्रम, हसोज १० देखी १६ सम्म विभिन्न राजनीतिक दलहरुसँग सहकार्य एवं समन्वयमा गाउँपालिका केन्द्रित बिरोध कार्यक्रम, असोज १७ देखी २४ सम्म सामाजिक संजाल मार्फत बिरोध तथा हस्ताक्षर संकलन अभियान गरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने तथा २५ गतेदेखी दोश्रो चरणको सशक्त संघर्षका कार्यक्रमहरु तय गर्ने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस विज्ञप्तिमा चालु आ.ब. २०८०÷८१ को कथित गाउँसभाबाट पारित गरिएका निर्णय र योजना तथा कार्यक्रमहरुको विवरण, आ.ब. २०७९÷८० को योजना पुस्तिका, खर्चको फाँटबारी, विषयगत शाखा÷उपशाखा तथा कृयाकलापहरुको छुट्टाछुट्टै प्रगति विवरण लगायतका मागहरु छन् ।
त्यस्तै गाउँपालिका कार्यालयको प्रशासकीय भवन गाउँपालिका अध्यक्षको निजि घरमा के कुन प्रकृयाबाट के कति भाडा दरमा लिइएको तथा गत आ.ब. २०७९÷८० मा भुक्तानी हुन नसकेका योजना तथा कार्यक्रमको प्रमाणित विवरण उपलब्ध गराउन लगायत २१ बुँदे मागहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ