News Category 2080/06/17
बालिका बलात्कार गर्नेलाई ८ वर्ष कैद र एक लाख क्षतिपूर्तीको फैसला
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
पाँच वर्ष अघि बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले मंगलबार एक यूवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
उक्त आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका ७ का दशन मण्डललाई सप्तरी जिल्ला अदालतले ८ वर्ष कैद सजायको फैसला सुनाएको हो । उनी हाल पूर्पक्षका लागि राजविराज कारागारमा छन् ।
न्यायधिश हेमन्त रावलको इजलाशले बलात्कार घटनामा मण्डललाई दोषि ठहर गर्दै ८ वर्ष कैद तथा १ लाख क्षतिपूर्ती भराउने समेत फैसला गरेको इजलाश अधिकृत कुमार सुवेदीले जानकारी दिए ।
बि.स. २०७५ साल साउन ५ गते बाख्रा चराउन गएकी सोही पालिकाकी एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गरि मण्डलको खोजतलास सुरु गरेको थियो । त्यसपछि फरार रहेका मण्डल घटनाको चार वर्षपछि २०७९ साल चैत १ गते स्वयम अदालतमा उपस्थित भएपछि पूर्पक्षका लागि कारागार चलान भएका थिए ।
पीडितको उजुरीको आधारमा बालिकाको स्वास्थ्य परिक्षण गराउँदा बलात्कारको पुष्टि भएपछि प्रहरीले उनीमाथी जबरजस्तीकरणी मुद्दा चलाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ