News Category 2080/07/01
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
दैनिक समाचारदाता
राजविराज १, कात्तिक ।
राजविराज नगरको ठूलै समस्याका रुपमा देखा परेको मुख्य बजार, मेनरोड र आसपासका ६८ विघा जग्गाको जग्गाधनीलाई यसै आर्थिक वर्षबाट जग्गाधनी पुर्जा प्रदान गर्ने कार्य सूरु गर्ने नगरसभाले निर्णय गरेको छ ।
बुधवार पहिलो पटक कार्यालय बाहिर नगरको मुटुमै रहेको भगवती मन्दिर पोखरी परिसरमा दशै, तिहार र छठको शुभकामना आदान प्रदान तथा सातौ नगरपरिषदले पारित गरेको आ.ब. २०८०÷०८१ को नीति तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
राजविराज नगरपालिकाले नयाँ तथा बनिसकेको भवनहरुको नक्शापास गर्दा अनिवार्य रुपमा भवनको बाहिरी भागमा गुलाबी शहरको अवधारणा पुरा गर्न गुलाबी रंग लगाउन तथा प्रत्येक घरमा कम्तीमा दुई वटा पूmल सहितको गमला राख्नु पर्ने निर्णय गरेको छ ।
गुलाबी शहरले परिचित जयपुर कै नक्शाका आधारमा २००३ सालमा राजविराज नगर बसालिएको हो । गुलाबी सहरको झझल्को दिन नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख इसरत परवीनले गुलाबी शहर जयपुरको नक्शाका आधारमा राजविराज नगर वसालिएकाले त्यसको झझल्को दिन र नगरलाई सुन्दरता प्रदान गर्न यस्तो प्रावधान लागु गर्ने निर्णय गरेका बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलले सातौं नगर सभाबाट पारित भएको २०८०÷०८१ को नीति तथा कार्यक्रम सँगै १ अर्ब ११ करोड ४० लाख ७८ हजारको बजेट सर्वाजनिक गरे । संघिय सरकार, प्रदेश सरकार, आन्तरिक आम्दानी तथा विभिन्न दातृ निकाय र संघ संस्थाबाट उपलब्ध हुने आम्दानीका आधारमा सो रकमको बजेट तथा नीति र कार्यक्रम तय गरीएको प्रवक्ता मण्डलले बताए ।
प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्गले आर्थिक वर्ष २०८०÷०८१ का लागी तय गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा सडकका लागी पर्याप्त बजेट विनियोजन गरिएको बताए । यस्तै हरेक चुनावका बेला चुनावी मुद्दा बन्ने गरेको नगरक्षेत्रका विटौरी जग्गा समस्याको समाधान गरिने भएको छ ।
यस्तै भगवती मन्दीर र नगरभित्र रहेका विभिन्न पोखरीहरुको सौन्दर्यकरण, राजरंगशालाको स्तोरन्नती, वसपार्कको यथासिघ्र संचालन, नगर क्षेत्रका सम्पुर्ण अतिक्रमित जग्गा खाली गराउने, कृषि विश्वविद्यालय भवन निर्माण, फोहर व्यवस्थापन गर्न प्रशोधन केन्द्रको निर्माण, नगर क्षेत्रको १६ वटै वडामा खेतीयोग्य जग्गाका लागी पकेट क्षेत्रको निर्माण, सीसीटिभी र निःशुल्क वाईफाई जोनका लागी आवश्यक उपकरण जडान लगायतका कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ ।
यसैगरी नगरमा घुम्ती शौचालय सेवा संचालन, वातावरण मैत्री बनाउन सडकको दायाँ बायाँ वुक्षारोपण,शित भण्डारको संचालन, फोहरमैला व्यवस्थापनका लागी सरसफाई मेशिन खरिद, मेडिकल र इन्जीनियरीङ्ग अध्यनका लागी गरिब तथा जेहेन्दार २ जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवुत्ति, सामुदायीक विद्यालयका छात्रालाई निःशूल्क सेनेटरी प्याड तथा बालविवाह र दाईजो प्रथा मुक्त घोषणा हुने वडाहरुलाई क्रमिक रुपमा उच्च सम्मान र पुरस्कृत गर्ने लगायतका योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ