News Category 2080/07/13
बजार अनुगमनलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय सप्तरी नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले सोमबार पनि निरन्तरता दिएको छ ।
बजारमा चाडपर्व लक्षित गरेर म्याद गुज्रेको, गुणस्तरहिन, लेवल नभएका लगायतका वस्तु बिक्रिी गर्न सक्ने कुरालाई ध्यानमा राखेर बजार अनुगमन जारी राखिएको हो ।
यसै क्रममा सोमवार जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर आसपासका बजारमा टोलीले अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा शुशिल कर्ण, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश सिह, खाद्य निरीक्षक राजीन बुढाथोकी नेपाल प्रहरीका सई विजय गौतम, सशस्त्र प्रहरीका हवल्दार राज खडका, जयराम मण्डल, स्थानीय जनप्रतिनिधी र संचारकर्मी उक्त टोलीमा सहभागी छन् ।
अनुगमनका क्रममा मन्दिर नजिकै रहेको मिथिला प्रसाद भण्डारबाट ढुसी परेका २४ केजी लडु र २ केजी पेडा बरामद गरी नष्ट गरिएको छ । यस्तै मुकेश नास्ता एण्ड कोल्ड स्टोर तथा अर्जुन होटल एण्ड मदिरा पसलबाट ढुसी परेका प्रसाद समाग्री तथा म्याद गुज्रेका एक दर्जन चिसो पेय पर्दाथका बोतलहरु जफत गरी नस्ट गरिएको खाद्य निरिक्षक बुढाथोकिले जानकारी दिए ।
बजारमा म्याद गुज्रेका सडेगलेका, लेवल नभएका, मूल्यमा एकरुपता नदेखिएका, पसल दर्ता नभएका, नविकरण नगराएका लगायतका समस्या देखिए पछी अनुगमनलाई निरन्तरता दिइएको खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख सिहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ