News Category 2080/07/23
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
सप्तरीमा संचालित योजनाहरुमा व्यापक लापरवाही भएको अनुगमनमा पुगेको संसदीय टोलीले निष्कर्ष निकालेको छ । पहिलो दिन बिहीबार अनुगमन गरेको राजविराजको तीन वटा योजनाको काम सन्तोषजनक नरहेको टोलीले बताएको छ ।
संसदको पूर्वाधार विकास समितिको तर्फबाट सांसद डा. सिके राउत नेतृत्वको टोलीले बिहीवार योजना स्थलमै अनुगमन गरेर यस्तो निष्कर्ष निकालेको हो ।
टोलीका संयोजक डा. राउतले राजविराज ७ स्थित हटियामा निर्माणाधीन सपीङ्ग कम्प्लेक्सको काम पटक पटकको म्याद थप्दा समेत पुरा नगरेको, राजविराज २ मा निर्माण भइरहेको बस पार्कको काम पनि अहिलेसम्म पुरा नभएको तथा राजविराज ३ स्थित गजेन्द्र नारायण सिंह अस्पताल भवन निर्माणको काम पनि सुस्त गतिमा अघि बढेकोमा असन्तुष्टि व्यक्त गरे ।
सांसद डा. राउतले काममा ठेकेदारहरुको पुरै लापरवाही देखिएको भन्दै तीन तीन पटक म्याद थप्दा पनि पुरा नगरिएका कामलाई यस्तै लापरवाही गरिरहे ठेकेदारलाई संसदीय समितिमा झिकाउने, कालो सूचीमा राख्ने र ठेक्कै बदर गर्नेसम्मको चेतावनी समेत दिए ।
संचारकर्मीहरुसित कुरा गर्दै टोलीमा आएकी सांसद निशा डांगी, सासंद बिना लामा तथा सांसद दिनेश कुमार यादवले पूर्व सूचना दिएर टोली आउँदा समेत ठेकेदार अनुपस्थित रहेको तथा काममा निकै ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
टोलीमा संघीय सांसद दिनेश कुमार यादव, सुशिला श्रेष्ठ तथा भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत लक्ष्मी देवी भण्डारी पनि सहभागी छन् ।
संसदीय टोलीको अनुगमनमा मधेश प्रदेशका शिक्षा मन्त्रि महेश प्रसाद यादव, प्रदेश सभा सदस्य सतिश कुमार सिंह तथा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीन पनि सहभागि छन् ।
टोलीले शुक्रवार राजविराज–रुपनी–हनुमाननगर सडक खण्ड, राजविराज–छिन्नमस्ता सडक खण्ड, कठौना–पातो सडक खण्ड तथा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको विभिन्न सडक खण्डहरुमा भइरहेको निर्माण कार्यको अनुगमन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ