News Category 2080/08/10
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
नेपाल–भारत मैत्रीसंघ सप्तरीको आयोजना तथा छिन्नमस्ता एजुकेशनल एकेडमी एण्ड मेडिकल कलेज प्रा.लि.राजविराजको सहकार्यमा आईतवारदेखि सात दिने निःशुल्क स्वास्थ्य शिविर सूरु भएको छ ।
छिन्नमस्ता अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपाल–भारत मैत्री संघका केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झाले शिविरको उदघाटन गरे ।
शिविरमा स्त्री रोग, बालरोग, हार्डजोर्नी रोग, दन्तरोग, मधुमेह, अबुद्र्ध (क्यान्सर), न्यूरो, युरोलोजिष्ट लगायत रोगको निःशल्क उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिए ।
काठमाण्डौं, विराटनगर र राजविराजका गरी २३ वटा बरिष्ठ चिकित्सक (विभिन्न रोगका विशेषज्ञ सहित) को टोलीले उपचार सेवा प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्स्यामा रहेकाहरुलाई लक्षित गरी संचालित शिवीरले धेरै विरामीलाई राहत प्रदान गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ