News Category 2080/08/14
प्रतिष्ठान निर्माणका लागि प्रशासन कार्यालयको गेटमा धर्ना

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूचारुको माग गर्दै आन्दोलनरत युवाहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् ।
सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा बिहान १० बजेदेखी कार्यालयको मुल गेटमै एक घण्टा धर्ना दिएका हुन् ।
सवा दुई वर्षअघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी दुई घण्टा धर्ना दिने कार्यक्रम तय गरेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।
उनले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए ।
यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सूचारु गर्नुपर्ने माग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत २६ असोजदेखी थालेको रिले अनशनलाई ४८ औं दिन बिहीबार पनि निरन्तरता दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ