News Category 2080/08/14
प्रतिष्ठान निर्माणका लागि प्रशासन कार्यालयको गेटमा धर्ना
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूचारुको माग गर्दै आन्दोलनरत युवाहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् ।
सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा बिहान १० बजेदेखी कार्यालयको मुल गेटमै एक घण्टा धर्ना दिएका हुन् ।
सवा दुई वर्षअघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी दुई घण्टा धर्ना दिने कार्यक्रम तय गरेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।
उनले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए ।
यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सूचारु गर्नुपर्ने माग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत २६ असोजदेखी थालेको रिले अनशनलाई ४८ औं दिन बिहीबार पनि निरन्तरता दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ