News Category 2080/10/21
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
दश दिनदेखी सम्पर्कविहीन रहेका एक युवकको शव शनिबार कोशी ब्यारेजमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ घर भएका १९ वर्षिय रुपेश कुमार मुखिया मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । माघ ११ गते पूर्णिमाका दिन सप्तकोशीमा लाग्ने मेला भर्न गएका रुपेश सोही दिनदेखी सम्पर्कविहीन भएका थिए ।
मृतक रुपेशका दुई जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
प्रहरी र परिवारजनले उनको खोजि कार्य जारि राखेका बेला उनको मृत शरीर शनिबार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ढोका नं. ४१ मा अडकिएको अवस्था फेला परेको थियो ।
परिवारजनले रुपेशसँग गएका साथीहरुले नै हत्या गरेको दाबी गर्दै घटनाको सुक्ष्मअनुसन्धान गरि दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।
डिएसपी नेउपानेले मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ