News Category 2080/10/22
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यले सोमबार नगरपालिकाको फाँट फाँटमा गई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आफूहरुलाई उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै त्यसमा सुधारको माँगसहित उपमेयर सरिता देवी यादव सीपलियाको नेतृत्वमा फाँट फाँटमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पाँच वटा वडा अध्यक्ष तथा २५ जना वडा सदस्यसहित पुगेको टोलीले नगरपालिकाको प्रशासन, लेखा, योजना, प्राबिधिक, जिन्सी, सामाजिक विकास, महिला विकास लगायतका फाँटमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
आफ्नो नेतृत्वको टोली पत्र बुझाउन जाँदा मेयर बिरेन्द्र माझीले आफू कार्यपालिकाको बैठकमा ब्यस्त रहेको र बैठकसकिएपछि मात्र समय दिने बताएपछि फाँट फाँटमा गएर ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको उपमेयर सीपलियाले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरि लेखीएको ध्यानाकर्षण पत्रमा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण हुँदा आफूहरुलाई पूर्णवेवास्ता गर्ने गरेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल बन्द गरि नगरको नीति तथा कार्यक्रम र बजेट स्थानीय सरकार संचालन ऐन बमोजिम तथा पारदर्शी हुनुपर्ने माग गरिएको छ ।
पत्रमा २०८० साल असोज १९ गतेको कार्यपालिकाको बैठकले बजेट सिलिङको विषयमा छलफल हुँदा योजना तर्जुमा दिग्दर्शन तथा स्थानीय सरकार संचालन ऐनमा ब्यवस्था भए बमोजिम विभिन्न क्षेत्रका लागि बजेट बिनियोजन गर्नुका साथै वडा सिलिङ कायम गरिएकोमा सो विपरीत वडा सिलिङमा समेत विभेद गरिएको आरोप लगाइएको छ ।
सो पत्रमा वडा सिलिङमा विभेद हुने गरि ६ करोड ७० लाख विनियोजन गरिएको तथा थप १३ करोड बजेट बिनियोजन गर्दा आफूहरुसँग कुनै छलफल नगरि मनपरी ढंगले छुट्टयाइएको उल्लेख गरिएको छ ।
यस्तै पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरि स्थानीय तहको योजना तर्जुमा गर्दा ऐनले निर्दिष्ट गरे बमोजिमको प्रावधान गर्नु भनी उल्लेख भएपनि बहुमतका आधारमा मेयर माझीले पेलेरै अघि बढ्न खोजेको गुनासो गरिएको छ ।
नगर प्रमुख जस्तो गरिमामय पदमा बसेर अभिभावकत्व भूमिका निर्वाह गर्नुको साटो बहुमतको दम्भमा अघि बढ्नु र बजेट बिनियोजनमा पनि विपक्षि ठानी विभेद गर्नु घोर आपत्तिजनक कार्य भएको पत्रमा उल्लेख गरिएको छ ।
यस्तै कार्यपालिकाको अधिकांश बैठक र त्यसको निर्णय आफूहरुले फेसबुक पेजबाट पाउने गरेको भन्दै आफूहरुको अधिकार सुनिश्चित हुने पर्ने माँग पनि गरिएको छ ।
महालेखापरिक्षक कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय सप्तरी तथा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न फाँटलाई बोदार्थ दिइएको उक्त पत्रमा मेयर माझीको कार्यशैलीप्रति बिमत्ति जनाउँदै फागुन १५ गते भित्र समस्याको समाधान नगरिए संर्घषका सशक्त कार्यक्रमहरुका साथ अघि बढ्ने चेतावनी दिइएको छ ।
यता मेयर माझीले आफू कार्यपालिकाको बैठकमा ब्यस्त रहेको बेला उपमेयरसहितको टोली पत्र लिएर आएकोले भेट्न समय लागेको बताए । उनले उपमेयर सिपलियाले ध्यानाकर्षण पत्र बुझाउन आउने बारे आफूलाई कुनै पूर्व जनाकारी नदिएको बताए । नगरपालिकाको सबै काम पारदर्शी ढंगले हुने गरेको बताउँदै उनले कसैलाई विभेद नगरिएको दाबी गरे ।
मेयर माझी जनमत पार्टीबाट तथा उपप्रमुख सिपलिया जसपाबाट स्थानीय चुनाव जितेका हुन् । नगरपालिका बोर्डमा कुल ७९ जना रहेकोमा ३२ जना अहिले विपक्षमा देखिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ