News Category 2080/11/20
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
जसपा निकट समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन भएको छ । प्रदेश समितिको राजविराजमा आईतवार वसेको प्रथम बैठकले हरेराम यादवको अध्यक्षतमा ३१ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बन्द सत्रले उपाध्यक्षमा मनोज कुमार सिंह, अरुण कुमार यादव, डम्बर कुमारी न्यौपाने, मुख्य सचिवमा श्रीराम गीरी, सचिवमा मो. सविर अली र कोषाध्यक्षमा जयन्ति देवीलाई निर्विरोध चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा अयोधि प्रसाद यादव, अंगत प्रसाद साह, जिवछ यादव, चनर देव खंग, जगदिश यादव, श्रीलाल यादव, राम देव यादव, चन्देश्वर यादव, राजोपित यादव, मानन चौधरी, संजय सिंह, कविता महतो, ललित नारायण महतो, रामसुखित यादव, हरिगोपाल यादव, सुधिर यादव, अरुण यादव, युगल किशोर कापर, रामचन्द्र कलवार, राम किशुन राय, गौरी राय, भिखारी राउत कुर्मी र श्याम बावु प्रसाद चयन भएका छन् ।
सो अवसरमा समाजवादी किसान संघका राष्ट्रिय अध्यक्ष संजय सिंह तथा जसपा नेपालका राजनीति समिति सदस्य शैलेन्द्र साहको विषेश उपस्थिती रहेको थियो. ।
निर्विरोध चयन भएका समितिका नवनिर्वाचित पदाधिकारीहरुले कृषि क्षेत्र तथा किसानका समस्या समाधानका लागी आपूmहरुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बन्द सत्रमा मधेश प्रदेशका ८ वटै जिल्लाका १ सय २० जना किसान प्रतिनिधी सहभागी भएको जनाइएको छ ।
जसपा निकट समाजवादी किसान महासंघको प्रथम प्रादेशिक भेलाको यस अघि अघिल्लो दिन शनिवार जसपा अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ