News Category 2081/01/11
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राजविराज उच्च अदालत बार एशोसिएसनको पहिलो तल्ला भवनको मंगलबार शिलान्यास गरिएको छ ।
राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख ईसरत परविन तथा राजविराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुभाष यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
राजविराज नगरपालिकाको २५ लाखको सहयोगमा भवन निर्माण सुरू गरिएको राजविराज उच्च अदालत बार एशोसिएसनका कोषाध्यक्ष उमाशंकर देवले बताए । पाँच कोठा भवन र एउटा हल बनाउने योजना रहेको बार एसोसिएसनको अध्यक्ष हरेराम यादवले बताए ।
भवन निर्माण समितिका अध्यक्ष नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण साहले नगरपालिकाको सहयोग रकमले भवनको पिलर र छत ढलानसम्म मात्र पुग्ने भएपनि स्थानीय, प्रदेश सरकार वा आमनागरिकको सहयोग लिएर भएपनि निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।
राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा वरिष्ठ न्यायाधीश वामदेव ज्ञवालीको प्रमुख आतिथ्य आयोजित कार्यक्रममा बार एशोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण यादव, हेमनारायण साह, रमानन्द साह, वरिष्ठ अधिवक्ता हिम्मम सिंह, रामजी साह वडा नं ७ का वडा अध्यक्ष सुभाष यादव, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव दानो कुमारी चौधरी तथा स्वागत उपाध्यक्ष धर्मेन्द्र यादवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ