News Category 2081/01/11
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित श्री खुवलाल जग्रन्नाथ शक्ती आधारभुत विद्यालय कमलपुर बनैनियाका प्रधानाध्यापक रवीन्द्र यादवमाथी हातापत तथा दुरव्यवहार भएको भन्दै घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथी कारवाहीको माग गरिएको छ ।
प्रअ यादवले आफूलाई विद्यालय व्यवस्थापन समितिका सदस्यको अगुवाईमा एक समुहले हातपात र दुरव्यवहार गरेको भन्दै मंगलवार नेपाल शिक्षक महासंघ सप्तरीलाई घट्ना विवरणसहित पत्राचार गरि दोषिमाथी कारवाहीका लागी आवश्यक पहल गर्न माग गरेका हुन् ।
उनले पत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवको अगुवाईमा आएको एक समूहले बैशाख ६ गते विद्यालय द्वारा विद्यार्थी भर्ना अभियान, ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम सुरु गर्न लागेकै वेला आपृmुमाथी हातपात र दुव्र्यवहार गरेको उल्लेख गरेका छन् ।
नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन, एकिकृत नेपाल शिक्षक संगठन, संघिय शिक्षक फोरम नेपाल र नेपाल शिक्षक मञ्चलाई बोद्र्धाथ समेत दिइएको उक्त पत्रमा विद्यार्थी भर्ना अभियान ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम विथोल्ने उदेश्यले आएको सो समूहले आपूmमाथी हातपात, गालीगलौच, धाक धम्की र लुगा च्यात्नुका साथै मोबाइल र विद्यालयको साँचो खोसेर डेढ घण्टा कार्यकक्ष मै थुनेर राखेको उनले उल्लेख गरेका छन् ।
उनले पिडक विरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । बाल विकास देखि ८ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा ५ सय छात्र÷छात्रा अध्यनरत छन । जसमध्ये ९० प्रतिशत गरिब, दलित र पिछडिएका समुदायका बालबालिका छन् ।
उनले कार्यक्रम विथोल्न व्यवस्थापन समितिका सदस्यको अगुवाईमा ३०÷४० जनाको समुह आउँदै छ, भनी पूर्व सूचना प्राप्त भएपछि तत्कालै नजिकै रहेको झुटकी प्रहरी चौकीमा जानकारी गराउँदा पनि प्रहरी समयमा न आएको र आपूmले यस्तो दुव्र्यवहार खेप्नु परेको गुनासो पोखे । उनले यो पटक समेत गरी आफुमाथी विभिन्न बहाना र निहुमा विद्यालय व्यवस्थापन समितिका सदस्य यादवको अगुवाईमा चौथो पटक आक्रमण भएको बताएका छन् ।
यस्तो अपमान सहेर पनि विद्यालयको पठन पाठन सुचारु राखेका प्रअ यादवले दोषीमाथी कारवाही नगरिए विद्यालयको पठन पाठन रोक्न बाध्य हुने जनाएका छन् । उनले गाउँपालिका कार्यालयको शिक्षा शाखाको निर्देशन अनुसार समय मै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन बैशाख ३ गते एक कार्यक्रम गरी पाठ्यपूस्तक वितरण गरिएकोमा किन पुस्तक बाँड्न हतार गरिस ? भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य यादवले पटक पटक निहुँ खोज्ने गरेको दोषारोपण पनि गरे । उनले विद्यालयमा काम गर्ने बातावरण र सुरक्षा प्रत्याभुतीको माग समेत गरेका छन् । नेपाल शिक्षक महासंघले समेत शिक्षकको पेशागत सुरक्षा, हकहित र सम्मानको मागँ गरेको छ । नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष सुरेश कुमार यादव र सचिव लखिन्द्र प्रसाद साहले मंगलवार प्रेस विज्ञप्ती मार्फत घट्नाको सत्य तथ्य छानवीन गरी दोषीमाथी कारवाहीको मागँ गरेको छ ।
यता विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवले आफुहरुले प्रअ यादवमाथी हातपात नगरेको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ