News Category 2081/01/18
महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
महिला क्रिकेट खेलाडी उत्पादन र बिकासका लागि राजबिराजमा चार दिवसिय जिल्ला स्तरिय महिला क्रिकेट प्रतियोगिताको मंगलबारदेखी सुरु भएको छ ।
उद्घाटन खेलामा मोरङले सप्तरी महिला टिमलाई पराजित गरेको छ । मोरंग महिला क्रिकेट टिमले सप्तरी महिला क्रिकेट टिमलाई १ सय ५ रनले को फराकिलो अन्तरले पराजित गरेका हो ।
मोरंगले दिएको १ सय ७६ रनको योगफललाई पछयाउने क्रममा सप्तरीले ७१ रन मात्र बनाएपछि मोरंग १ सय ५ रनले बिजयी भएको हो । टस जितेर मोरंगले निर्धारित २० ओभरमा ९ बिकेटको क्षतिमा १ सय ७६ रनको योगफल खडा गरेको थियो । जसमा काजल राजबंशीले २३ रन, सोनु राजबंशी २२ रन र पुर्णिमा राजबंशी २० रन बनाएका थिए ।
प्रतिउत्तरमा सप्तरीले १८ ओभर १ बलमा ७१ रन मात्र बनाएका थिए । जसमा साझी यादबले १९ रन, दिपा रामले १६ रन बाहेक कुनै खेलाडी दोहोर अंक पार गर्न सकेन । प्लेयर अफ म्याच मोरङकी सानू राजबंशी घोषित भएको सबल नेपालका कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।
मंगलवार स्थानिय पवि माविको खेल मैदानमा एमसिसी फाउन्डेशन तथा क्रिकेट वीइथ वाउन्ड्रिज सँगको साझेदारीमा सबल नेपालद्वारा संचालित क्रिकेट फोर ईक्युलिटी परियोजना अन्तर्गत जिल्ला स्तरिय महिला क्रिकेट चार दिवसिय प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको मंगलवार एक कार्यक्रम बिच राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख ईसरत परविन र सबल नेपालका सिनियर म्यानेजर असोक साहले बलिङ र सप्तरी क्रिकेट संघका सचिव चन्दन यादबले किपिङ गर्दै खेलको उदघाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/08 चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
- 2081/10/08 लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज सेवा र महसुल काउण्टर स्थापना
- 2081/10/08 भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
- 2081/10/08 राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
- 2081/10/08 आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- 2081/10/08 २० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
- 2081/10/06 मधेश प्रदेशमा दुई वर्षमा ९ हजार भन्दा बढी लैङ्गिक हिंसाका घटना
- 2081/10/06 भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
- 2081/10/06 दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
- 2081/10/05 एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास, शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ