News Category 2081/02/04
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
मधेश प्रदेशमा नयाँ सरकार गठनबारे पाँच दलबीच शुक्रबार सहमति भएको छ ।
नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा एकिकृत समाजवादीबीच नयाँ सरकार गठनबारे सहमति भएको हो ।
यसअघि एमाले र माओवादीले जसपा नेपालको नेतृत्वमा रहेको मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
मधेश सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा रहेका पाँच दलमा सहमति बनेपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुने तय भएको छ ।
जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने पार्टी स्रोतले जनाएको छ ।
‘शुक्रवार मधेश प्रदेशमा नयाँ सरकार गठनबारे एमाले, जनमत, माओवादी, लोसपा र नेकपा एसबीच जनमत पार्टीबाट महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमती बनेको छ ।’ स्रोतले भने ।
स्रोतका अनुसार “शनिवार मधेश प्रदेशका पाँच दलका नेताहरु बैठक गरि सरकार गठनबारे औपचारिक छलफल गरेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरिने तयारी भईरहेको छ ।”
यता अल्पमतमा रहेका मुख्यमन्त्री सरोज यादवले पनि आफ्नो सरकार जोगाउन प्रयास गरिरहे पनि हालसम्म बहुमत पु¥याउन सकिने छाँटकाँछ भने देखिएको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ