News Category 2081/02/25
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल
नवीनकुमार गुप्ता
राजविराज, २५ जेठ ।
दश वर्षअघि शरद्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) बाट राजनीतिमा होमिएका सतिश कुमार सिंह शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको कोइलाडी गाउँमा २०३९ मंसिर ८ गते जन्मिएका सिंह जिल्लाबाट पहिलो तथा प्रदेशको तेश्रो मुख्यमन्त्री बनेका हुन् ।
रामसपाका सप्तरी उपाध्यक्ष र अध्यक्षहुँदै बि.स. २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदबार भई सिंह तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी बिस. २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सोही गाउँपालिकाको अध्यक्ष पदमा पुनः चुनाव लड्दा पराजित भएपछि जनमत पार्टीमा प्रवेश गरेर सोही वर्ष प्रदेशसभा सदस्यमा निर्वाचित भई अहिले मधेश प्रदेशका मुख्यमन्त्री बन्न सफल भएका छन् ।
प्रदेशसभामा अर्थ तथा योजना समितिका सभापती पदमा रही कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका मुख्यमन्त्री सिंह पिता शेखर सिहलाई राजनीतिक प्रेरणाको श्रोत मान्छन् । मुख्यमन्त्री सिंहका पिता शेखर सिंह अहिले लोसपाबाट राष्ट्रिय सभासदस्य छन् । पार्टी फरक भएपनि बाबु कै प्रेरणाबाट राजनीतिमा होमिएको बताउने सतिश सिंह भन्छन–“पार्टी फरक भएपनि संस्कार र ज्ञान उहाँबाटै प्राप्त गरी राजनीतिमा अघि बढिरहेको छुूँ ।”
कुनै बेला क्रिकेटको राम्रा खेलाडी रहेका उनी गाउँ कै कोइलाडी क्रिकेट क्लबका कप्तान समेत थिए । अहिले मधेश प्रदेश क्रिकेट संघको निर्वाचित सदस्य समेत रहेका सिंह सम्भवत देशकै तथा प्रदेशको पहिलो कान्छो मुख्यमन्त्री हुन् ।
यसैबीच मुख्यमन्त्री सिंहले पदभार ग्रहण पश्चात् ९ बुँदे महत्वपूर्ण निर्णय गरेका छन् । मधेशका १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी ’एक पालिका एक कृषि उत्कृष्टता केन्द्र’ स्थापना गर्ने, स्थानीय तहमा नमुना रुपमा एक÷एक खुला शैक्षिक पार्क बनाउने, मधेश आन्दोलनका शहीद, घाइते परिवारलाई सम्बोधन हुने कार्यक्रम, संघीयताका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंह र प्रथम गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गरिने, प्रदेशको तथ्यांक भरपर्दा र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने निर्णय गरेका छन् ।
यसैगरी वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको पहिचान गरी श्रम बैंकको रुपमा स्थापना गरी सिपलाई रोजगारीसँग जोड्ने कार्यक्रम अगाडि बढाउने, मधेश प्रदेशमा लगानी सम्मेलन गर्ने, मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्ने, मधेशको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ