News Category 2081/03/03
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने
दैनिक समाचादाता
राजविराज, ३ असार ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले अब उपरान्त समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीद्वारा आइतबार जारि सूचनामा सो कुरा उल्लेख गरिएको छ । सूचनामा समावेशी प्रमाणितको लागि आउने सेवाग्राहीहरुले निवेदन लेख्नु नपर्ने, वडा कार्यालयबाट प्राप्त सिफारिसमै निवेदनमै निवेदकको व्यहोरा जनाई सेवा दिइने व्यवस्था मिलाइएको जनाइएको छ ।
सूचनामा सेवालाई प्रभावकारी, नागरिकमैत्री र गुनासोरहित बनाई सेवाग्राहीमैत्री कार्यालयको रुपमा विकास गर्दै लैजाने प्रयोजनार्थ सो निवेदन आवश्यक नपर्ने उल्लेख छ ।
यस्तै सोही कार्यालयद्वारा सोमबार जारि अर्को सूचनामा आ.ब. २०८१÷८२ को साउन महिनादेखी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभाग्राहीहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकोले जिल्लाको थप चार स्थानबाट सो सेवा प्रवाह हुने व्यवस्था मिलाइएको जनाइएको छ ।
प्रशासकीय अधिकृत सन्तोष रायद्वारा जारि सूचनामा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट मात्र सेवा प्रवाह गर्दा सेवाग्रहीको चाप बढी भई सेवाप्रवाह गर्न कठिनाई भएकोले सेवाग्राहीको सहजताका लागि इलाका प्रशासन कार्यालय बोदेबसाईन, राजगढ गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुङ्गा नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सक्ने उल्लेख छ ।
बोदेबर्साइन नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका र बलान बिहुल गाउँपालिकाका सेवाग्राहीले असार ४ गतेदेखी असार १० गतेसम्म इलाका प्रशासन कार्यालय बोदेबर्साइनबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सक्ने सूचना मार्फत जानकारी गराइएको छ ।
यस्तै राजगढ गाउँपालिकाका सम्पूर्ण वडाका वासीहरुले सोही पालिकाबाट तथा तिलाठी कोइलाडी गाउँपालिकाका सम्पूर्ण वडाका वासीहरुले असार ५ देखी ९ गतेसम्म सोही पालिकाबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सक्ने जनाइएको छ भने सुरुङ्गा नगरपालिकाका सम्पूर्ण वडाका वासीहरुले असार ६ देखी १० गतेसम्म सोही पालिकाबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउने सक्ने प्रावधान मिलाइएको प्रशासन कार्यालयबाट जारि सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/27 आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध, अध्यक्षमा देव र यादव भिड्दै
- 2081/08/27 अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो
- 2081/08/26 पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
- 2081/08/26 अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
- 2081/08/23 झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
- 2081/08/21 सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
- 2081/08/20 विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
- 2081/08/20 मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता
- 2081/08/17 हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्छ ः डा. कोइराला
- 2081/08/17 डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ