News Category 2081/03/28
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले २ सय १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरधाममा सम्पन्न जसपा नेपालको महाधिवेशनले पार्टीको राष्ट्रिय अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतले चयन गरेको थियो ।
सोही महाधिवेशनले केन्द्रिय समिति बिस्तारका लागि पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्वसम्मतले जिम्मा दिएको थियो । सोही बमोजिम उक्त समिति बिस्तार भएको जनाइएको छ । समितिमा ९ जना केन्द्रिय कार्यकारिणी समिति सदस्यमा र बाँकी केन्द्रिय समिति सदस्यमा चयन भएका छन् ।
चयन भएका सदस्यहरुमा ७ महिलासहित २३ जना सप्तरीका छन् । जसमध्ये केन्द्रिय कार्यकारिणी सदस्यमा दुई र २१ जना केन्द्रिय सदस्यमा चयन भएको सो पार्टीद्वारा बिहीबार जारि विज्ञप्तिमा उल्लेख छ ।
चयन भएको समितिमा सप्तरीको एकै परिवारका तीन जना परेका छन् । राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव कार्यकारिणी सदस्य तथा उनकी छोरी डा. बबी सिंह यादव र उनका भाई मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव केन्द्रीय सदस्यमा चयन भएका छन् ।
यस्तै मनिषकुमार सुमन कार्यकारिणी सदस्य तथा अशोक कुमार यादव, अमरनाथ मण्डल, उपमा कुमारी देव, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, मधेश प्रदेशसभा सदस्य किरणकुमारी साह, गितादेवी यादव, पुनमकुमारी यादव, विदेश्वर प्रसाद यादव (बिक्की), विकास तिवारी, भरतप्रसाद महतो, राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, मुरली सिंह, रसना यादव, रमिला देवी साह, सुरेन्द्र साह, रमेश कुमार यादव, शम्भु झा, शैलेन्द्र मोहन झा र शैलेन्द्र प्रसाद साहलाई केन्द्रिय सदस्यमा चयन गरिएको छ । यता केन्द्रीय समिति बिस्तार भएपनि पदाधिकारीको नाम अझैं टुंगो लाग्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ