News Category 2071/11/01

४ लाखको लागतमा रड मात्र खडा गरियो

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, २९ माघ । 
सप्तरीको लौनिया गाविसको उपस्वास्थ्य चौकी निर्माणका लागि ५ वर्ष अघि छुट्याईएको बजेट खर्चेपनि उपस्वास्थ्य चौकी भवन अझ निर्माण हुन सकेको छैन । 
उक्त उपस्वास्थ्य चौकी भवन निमार्णका लागि गाविसबाट ४ लाख १७ हजार रकम बिनियोजित गरिएको थियो ।
उपस्वास्थ्य चौकीको आप्mनो भवन नहुदाँ हाल गाउँ विकास समितिको कार्यालय भवनमै उपस्वास्थ्य चौकी संचालनमा रहेको उपस्वास्थ्य चौकीका ईन्चार्ज दिपक कुमार मण्डलले जानकारी दिनुभयो । 
सो बजेटमा हाल भवनको नाममा रडको पिलर मात्र रहेको छ । खडा गरिएको उक्त रड पनि खिया लागेर कामै नलाग्ने अवस्थामा रहेको छ । 
उपस्वास्थ्य चौकीको भवन नहुदाँ गाविस भवनमै उपस्वास्थ्य चौकी संचालन गर्नमा समस्या उत्पन्न हुने गरेको उपस्वास्थ्य चौकीका ईन्चार्ज मण्डलको बताउनुभयो ।
भवनको रकम हेल्फ लाईन नेपाल सप्तरी नामक संस्थाको नाममा बिनियोजन गरिएको स्थानिय रामचन्द्र खंगले जानकारी दिनुभयो । यता संस्थाका अध्यक्ष खगेन्द्र मण्डललाई सम्पर्क गर्न खोज्दा उहासँग सम्पर्क हुन सकेन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट