News Category 2071/11/15

गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, एक तस्कर पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ फागुन ।
सप्तरी प्रहरीले प्रतिबन्धित गाँजासहित एक जना तस्करलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरीको नेतृत्वमा खटिएको गस्ती टोलीले सप्तरीको टिकुलिया गाबिस वडा नं. ८ स्थित बलान खोलाको बगरमा गाँजासहित तस्करलाई पक्राउ गरेको हो ।
६÷७ जना व्यक्तिहरुले टाउकोमा पोका बोकी हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई रोक्न खोज्दा एक्कासी उनीहरुबाटै प्रहरीमाथि २ राउण्ड गोली फायर भएको जनाएको छ । 
सो समयमा सादा पोशाकमा खटिएका प्रहरीले ५ राउण्ड गोली जवाफी फायर गरेको जनाएको छ । प्रहरीको जवाफी फायर पश्चात् अध्यारोमा पोका छाडी पोका बोक्ने व्यक्तिहरु भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाबिस वडा न. १ घर बताउने ४७ बर्षिय भुलाई यादव रेहको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक महेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । 
पक्राउ परेका यादवको साथबाट प्लाष्टिकको ५ बोरामा १ सय ५ किलो गाजा बरामद भएको तथा सो व्यक्तिमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट