News Category 2072/02/26

भण्डार गरी राखिएको सुपारी प्रहरीद्वारा बरामद प्रहरीले जवजस्ती सुपारी नियन्त्रणमा लिएको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ जेठ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सूचनाको आधारमा सप्तरीको छिन्नमस्ता गाविस वडा नं. २ स्थित एक घरमा भण्डारण गरी राखिएको सुपारी बरामद गरेको छ ।
स्थानीय इद्रिस मियाँको घरमा सोही गाविस वडा नं. ५ बस्ने विरेन्द्र यादवले कोठा भाडामा लिई अवैध रुपमा भण्डारण गरी राखेको सुख्खा सुपारी १५ बोरामा ८ सय ७० केजी बरामद गरीएको प्रहरीले जनाएको छ ।     यता बरामद गरीएका सुपारीलाई सोमबार आवश्यक कारबाहीको लागि पूर्व क्षेत्रिय आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको प्रहरीले जनाएको छ ।
यसैबिच पीडित बिरेन्द्र यादवले ज्योति किराना पसल छिन्नमस्ता ५ महुवा टोलमा सुपारी कारोबारका लागि भ्याट बिल हुँदा हुँदै पनि प्रहरीले जर्वजस्ती सुपारी अवैध हो भनि जफत गरेको आरोप लगाउँनु भएको छ । 
आफुले सरकारलाई राजस्व तिरेर भ्याटबाट सुपारीको कारोबार गर्दै आएको बताउदै उहाँले जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण प्रसाद चिमरियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जर्वजस्ती गोदाममा प्रवेश गरी सुपारी अवैध हो भनि लैजान खोज्दा भ्याट बिल देखाउँदा भ्याट बिल समेत खोसी लगेको आरोप लगाउनुभयो ।
प्रहरीले १७ बोरा सुपारी तथा ४ बोरा पराग समेत लगेको जानकारी दिदै यादवले यसअघि पनि आप्mनो वैध सुपारी प्रहरीले जर्वजस्ती पक्राउ गरेपछि राजस्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रिय कार्यालय ईटहरी सुनसरीबाट छोडाएर ल्याएको दाबी गर्नुभयो । 
यसैबिच सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण प्रसाद चिमरियाले सुपारी भण्डारण गर्न अनुमति लिनुपर्छ तथा त्यसका लागि कर विजक बिल हुनुपर्ने भन्दै सो बिल नहुँदा अनुसन्धानको लागि पक्राउ गरेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट