News Category 2072/03/30

भानुभक्तको जन्मजयन्तिमा साहित्यीक गोष्ठी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ असार । 
सगरमाथा साहित्य परिषद् र विश्व नारी नेपाली साहित्य समाजको आयोजनामा मंगलबार राजविराजमा आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा साहित्य गोष्ठी गरिनु साथै उहाँको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको छ । 
पूर्व नगर प्रमुख शैलेश चौधरीले नेपालीलाई एकताबद्ध गर्न भानुभक्तको ठूलो योगदान रहेको स्मरण गर्नुहुँदै राजनीति, खेलकुदलगायतका क्षेत्र समाजसेवाभन्दा पनि पेशा, व्यवसाय बन्दै गइरहेका बेला साहित्य समाजसेवाको सशक्त आधार बनेर उभिएको उहाँले बताउनुभयो ।
परिषद्का पूर्व अध्यक्ष अनिलकुमार अनलले नेपाली भाषाका आधारस्तम्भ आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा जोड दिनुभयो ।
साहित्यिक व्यक्तित्वहरु मन्जु श्रेष्ठ, मीना ठाकुर, मनोहरकुमार, साधना झा, नन्दलाल आचार्य, करुणा झा, सागरवीर कडारी, इन्द्रबहादुर थापा, श्यामसुन्दर यादव, लक्ष्मी ठाकुर, शिवकान्त सुमन, बन्दना मिश्र, सोभिता दास, आभासेतु सिंह, अरविन्द कुमार यादव, नविन रहपाल, सरोजकुमार सन्त, दिपेन्द्र यादवलगायतले आदिकवि आचार्यको स्मरणमा गीत, कविता, गजल, निबन्ध वाचन गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षता र सचिव नन्दलाल आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत समाजकी अञ्चल अध्यक्ष करुणा झाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट