News Category 2072/04/01

सप्तरीको पाँचै स्थानमा आयूर्वेद औषधालय स्थापना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ असार । 
सप्तरीको प्रसवनी गाविसमा बिहीबार आयूर्वेद औषधालयको स्थापना भएको छ । यो सँगै सप्तरीमा एक साता भित्र पाँच स्थानमा आयूर्वेद औषधालयको स्थापना भएको छ ।  
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवको अध्यक्षता तथा गाविसका निवर्तमान अध्यक्ष रामदेव यादवको प्रमुख आतिथ्यमा आयोजित सो उद्घाटन समारोहमा नेपाली काग्रेसका प्रतिनिधि राम लखन साह, औषधालयका लेखापाल रमेश गदाल,  जितेन्द्र प्रसाद साहसहितका वक्ताहरुले आयूर्वेद औषधालयबाट त्यस आसपासका सयौ सर्वसाधारणहरुले विभिन्न सेवा लिन सकिने बताउँनुभयो ।
यसअघि जिल्लाको बनैनिया, बरहीविरपुरको हाटी, हनुमाननगर र बथनाहामा आयूर्वेद औषधालय स्थापना भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट