News Category 2072/04/32

सप्तरी उद्योग बाणिज्य संघद्वारा आन्दोलनमा एक्यबद्धता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज ३१ साउन । 
सप्तरी उद्योग बाणिज्य संघले मधेशको अस्तित्वका लागि भइरहेको राजनीतिक दलहरुको आन्दोलनमा एक्यबद्धताका साथ पूर्ण समर्थन रहेको जनाएको छ । 
संघका उपाध्यक्ष शंकर दासद्वारा आइतबार हस्ताक्षरित विज्ञप्तिमा सो एक्यबद्धता जनाउँदै मधेशका झापा, मोरङ, सुनसरी, उदयपुरलाई सप्तरी र सिरहाबाट छुट्याई अर्को प्रदेशमा गाभिएकोमा घोर आपत्ति जनाउनु भएको छ । 
विज्ञप्तिमा झापा, मोरङ, सुनसरी, उदयपुरलाई सप्तरी र सिरहा जिल्ला परापूर्वकालदेखी एक अर्कासँग सास्कृतिक, सामाजिक, औद्योगिक, शैक्षिक र राजनीतिक स्तरमा जोडिएकाले कुनै पनि वहानामा एक अर्कासँग नछुट्टयाउन संघको धारणा रहेको उल्लेख छ । 
साथै विज्ञप्तिमा मधेश आन्दोलनदेखी नै मेधशको मागको प्रत्येक आन्दोलनमा सकृय सहभागिता रहेको उल्लेख छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट