News Category 2072/06/11

स्कटिङ गरेर जाँदै गरेको सवारीसाधनमा ढुंगामुढा तीन यात्रु गम्भिर घाइते, तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० असोज । 
प्रहरीको स्कटिङमा जाँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको करिब पाँच दर्जन सवारीसाधनहरुमा सप्तरीको भारदहमा आन्दोलनकारीले आइतबार बिहान ढुंगामुढा गरेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदह १ स्थित कोशी ब्यारेजदेखी कंचनपुरसम्मको १५ किलोमिटरको सडक खण्डमा सवारीसाधनहरुको झ्यालका सिसाहरु फुटेर छरिएको छ । 
त्यस्तै प्रहरीले सुरक्षा दिई लग्दै गरेको सवारी साधनमाथि प्रदर्शकारीले ढुङ्गामुढा गर्दा तीनजना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक झापाको काँकडभिट्टा ९ बस्ने ३६ वर्षीय पदमबहादुर राई, मकवानपुरका २५ वर्षीय रामकुमार लौकचन र सप्तकोसी ब्यारेजबाट सप्तरीको बलुवा कमोर लिएर बोलबम जाँदै गरेको सप्तरी गहरिया प्रवाहा १ का गौतमकुमार यादव रहेका छन् ।
घाइतेको टाउको र छातीमा गम्भीर चोट लागेको र उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता ढुंगा प्रहार गर्ने तीन जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 
यसैबीच तीनै जना आन्दोलनकारीहरुलाई अधिकारकर्मी शम्भुनन्द चौधरीको रोहबरमा आइतबार साँझ प्रहरीले रिहा गरेको छ । 
विगत ४४ दिनदेखी मधेश बन्दका कारण यहाँको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ । मधेशी मोर्चाले आन्दोलनलाई राजमार्ग र नाका केन्द्रित बनाएपछि आन्दोलनकारीहरु अहिले राजमार्गमा स्कटिङ गरेर लैजाने सवारीसाधनहरुमाथी ढुंगामुढा गर्न थालेका छन् भने सप्तरीमा रहेको सात वटा नाकाहरु शनिबारदेखी आन्दोलनकारीले ठप्प समेत पारेका छन् । सप्तरीको सात वटै नाकाहरुबाट दिनहु करिब २ लाख राजश्व संकलन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट