News Category 2072/07/03

दशैंमा नयाँ सुरक्षा योजना लागु ः प्रहरी प्रमुख ढकाल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ कात्तिक । 
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम ढकालले दशैंको बेलामा जिल्लामा शान्ति सुरक्षाका लागि सोमबारदेखी नयाँ सुरक्षा योजना लागु गरेको जानकारी दिनुभएको छ । 
वडा दशैंको अवसरमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजना गरेको संचारकर्मीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक ढकालले राजविराजस्थित भगवती मन्दिर, राजदेवी मन्दिर, छिन्नमस्ता मन्दिर, भारदहस्थित कंकालिनी मन्दिर लगायत जिल्लाका अन्य मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुका लागि शान्ति सुरक्षाका निम्ति सादा पोशाकमा प्रहरी समेत परिचालन गरिएको बताउनुभयो । 
उहाँले दशैंको अवसरमा २४ घण्टै सादा पोशाकका प्रहरी र ड्युटीमा रहेका प्रहरीहरु शान्ति सुरक्षाका लागि बजारहरुमा परिचालन गरिएको बताउनुभयो । सो अवसरमा उहाँले सम्पूर्ण जिल्लावासीहरुमा शुभकामना समेत व्यक्त गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट