News Category 2072/07/16

मोर्चाका नेता तथा कार्यकर्ताद्वारा ७० लिटर डिजल नियन्त्रण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ कात्तिक । 
दशै लगतै मधेशी मोर्चाले शुरु गरेको पेट्रोलियम पदार्थ नियन्त्रण अभियान अन्तर्गत आईतबार पुनः ७० लिटर डिजेल नियन्त्रणमा लिएको छ । 
सो नाका भएर विगत केही समय यता पेट्रोलियम पदार्थ चोरी तस्करी फष्टाएपछि मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले पेट्रोलियम पदाथको कालोबजारी नियन्त्रण अभियान शुरु गरेको हो ।
मोर्चाका नेता तथा कार्यकर्ताहरुले सप्तरीकै शम्भुनाथ बनैनिया सडक खण्ड अन्तर्गत बेल्ही चपेना गाविस स्थित वैजनाथ चौकमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सो डिजेल बरामद गरेको तथा सो नाकामा धर्ना तथा चेकपोष्ट स्थापना गरी नाका पुर्ण रुपमा ठप्प पारिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । 
पेट्रोलिमय पदार्थमा भईरहेको ब्यापक कालोबजारी नियन्त्रण अभियानमा मधेशी मोर्चा लागिपरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट