News Category 2072/10/12

उदित नारायणलाई पद्मभूषण पुरस्कार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ माघ । 
भारत सरकारले दिने तेस्रो सर्वोच्च नागरिक सम्मान विगत तीन दशकदेखी भारतमा आफ्नो गायनबाट प्रख्यात नेपाली गायक उदितनारायण झाले प्राप्त गर्नुभएको छ । 
नेपाली गायक झाले भारतको गणतन्त्र दिवसका अवसरमा सम्मानित पद्मभूषण पुरस्कार प्राप्त गर्नुभएको हो ।
सप्तरीको भारदह गाविसका गायक उदितनारायण झा लामो समयदेखि बलिउड फिल्म संगीतमा क्रियाशील रहनु भएको छ । उहाँले थुप्रै नेपाली गीत पनि गाउनु भएको छ ।
उदितनारायसँगै उक्त पुरस्कार पाउनेमा ब्याड्मिन्टन खेलाडी सायना नेहवाल, टेनिस खेलाडी सानिया मिर्जा, बलिउड अभिनेता अनुपम खेर लगायत छन् ।
उद्योगपति धिरुभाई अम्बानी (मरणोपरान्त), अभिनेता रजनिकान्त, आध्यात्मिक गुरु रविशंकर र फिल्मकर्मी रामोजी रावलाई पद्मविभूषण प्रदान गरिएको भारतीय एजेन्सीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट