News Category 2073/01/15

संचार उद्यमीको हत्याका आरोपित मध्येका तीन जना धेरौटीमा रिहा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, १४ बैशाख । 
जनकपुरका व्यापारी तथा सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्याका आरोपित मध्येका तीन जना धेरौटीमा रिहा भएका छन् ।
मंगलबार जिल्ला अदालत धनुषाले तीन जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ भने दुई जनालाई हिरासतमा राख्न आदेश दिएको छ ।
न्यायाधिश राजेन्द्र आर्यायको एकल इजलासले सिंघानिया हत्याका योजनाकारको आरोप लागेका ओम यादवलाई ५० हजार धरौटीमा रिहा गरेएको छ भने जिम्मेबारी लिने मुकेश चौधरीलाई २० रुपैयाँ र रामकरणलाई २० हजार धरौटीमा रिहा गरेको छ । चौधरी जनकपुर बंम काण्डका कारण हिरासत मै रहनेछ ।
त्यस्तै चनरदिप यादव र योगेन्द्र सहनीलाई हिरासतमा राख्ने आदेश अदालतले दिएको छ । आरोपितहरुको बयान सकिएपछि विहीबारबाट जिल्ला अदालत धनुषामा बसह सुरु भएको थियो । सोमबार बहस सकिए पछि मंगलबार अदालतले उक्त आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट