News Category 2073/01/26

जनआन्दोलन चौकमा बिरोध सभा हुने

दैनिक समाचारदाता

राजविराज÷संघिय गठबन्धनको केन्द्रिय कार्यक्रम अनुसार मुलुकको विभिन्न जिल्लाहरुमा बिरोध सभा गर्ने भएकोले सोही आन्दोलनका कार्यक्रम अन्तर्गत सप्तरी सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा सो कार्यक्रम गर्ने निर्णय भएको छ । 
मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा तेश्रो मधेश आन्दोलन जारि नै रहेको हुँदा संघीय गठनबन्धनको केन्द्रिय निर्णय अनुसार बैशाख २७ गते सप्तरीमा पनि सो कार्यक्रम हुन गइरहेको जनाइएको छ । 
साथै विज्ञप्तिमा बैशाख २७ गते राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट दिउँसो ३ बजे भेला
भई नगरको विभिन्न स्थानको परिक्रमा गर्दै जनआन्दोलन चौकमा हुने बिरोध सभामा सम्पुर्ण मधेशी जनसमुदाय, महिला, युवा, विद्यार्थी, किसान, उद्योगी, व्यापारी, बस, ब्यवसायी, संघ संगठन, विभिन्न जातिय संघ संगठन, पत्रकार, मानवअधिकारकर्मी लगायत सम्पुर्ण सरोकारबाला निकायहरुलाई सहभागिका भई जारी आन्दोलनमा सहयोग गरिदिनुहुन मधेशी मोर्चाले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट