News Category 2073/02/19

धुम्रपान दिवसमा ¥याली तथा अन्तरक्रिया

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी र एचआरटिसी सप्तरीको संयुक्त साझेदारीमा ध्यचमि ल्य त्यदबअअय म्बथ (विश्व धुम्रपान दिवस) मंगलबार राजविराजमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । 
राजविराजस्थित जिल्ला जनस्वास्थ्य कार्यालयको प्राङगणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनस्वास्थ्य कार्यालयमा सभामा परिणत भएको थियो । 
उक्त ¥यालीमा शिब्स ईन्टरनेशनल बोर्डिङ्ग स्कूलका विद्यार्थी, शिक्षक, उदयपुर टेक्निकल ईन्स्टिच्युट, नेपाल प्रहरी, ट्राफिक प्रहरी, पत्रकार, समाजसेवी तथा विभिन्न संघ संस्था र कार्यालयका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।
सो कोण सभामा जन्स्वास्थ्यका वरिष्ठ प्रशासकीय अधिकृत विजय झा र स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल सप्तरीका संयोजक पार्थो सरकार लगायतका बक्ताहरुले मुलुकमा बढ्दो सुर्ति सेवनलाई रोक्नका लागि सम्पुर्ण सरोकारबाला निकायहरु जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट