News Category 2073/02/25

द्वन्द्वकालिन मुद्दामा नयाँ शक्ति नेपालका सप्तरी संयोजक जेल चलान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 
नयाँ शक्ति नेपालका सप्तरी जिल्ला संयोजक अरुण कुमार साहलाई स्थानिय प्रशासनले द्वन्द्वकालिन मुद्दामा पक्राउ गरि सोमबार जेल चलान गरेको छ । 
नयाँ शक्ति नेपालका सचिवालय सदस्यद्वय महेन्द्र पासवान र रामरिझन यादवले एक विज्ञप्ति जारि गर्दै सप्तरी संयोजक अरुण कुमार साह अनिललाई अचानक र अप्रत्याशित रुपमा स्थानीय प्रशासनले बलजर्वजस्ती आइतबार गिरप्mतार गरी जेल चलान गर्न लगाएकोले स्तब्ध र आक्रोशित भएको जनाइएको छ । 
द्वन्दकालीन मुद्दाको समाधानको लागि सत्य निरोपन तथा मेलमिलाप आयोगको गठन भइसकेको अवस्थामा फर्जि सहीछापको आधारमा झुठो मुद्दा लगाई गिरफ्तार गरेकोमा स्थानीय प्रशासनले गैरजिम्मेवारीपूर्ण ब्यबहार देखाएको प्रति निन्दा तथा भत्र्सना गर्दै विज्ञप्तिमा एकीकृत माओवादीका नेता तथा गृहमन्त्री शक्ति बस्नेतको हात रहेको आशंका समेत गरिएको छ । 
त्यस्तै विज्ञप्तिमा यस्ताखाले मुद्दामा अबदेखि कुनै सदस्यलाई गिरफ्तार गरेमा त्यसको परिणाम प्रतित्वोपादक हुने चेतावनी समेत दिदै गिरप्mतार गरि जेल पठाइएका संयोजकको अविलम्व रिहा गर्न माग समेत गरिएको छ । 
संयोजक साहको गिरफ्तारीको विरुद्धमा जेठ २५ गते मंगलबार नयाँ शक्ति नेपाल सप्तरीले राजविराजमा स्थानीय प्रशासनको विरुद्धमा शान्तिपूर्ण प्रदर्शन गर्ने विज्ञप्तिमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट