News Category 2070/05/29

ट्रान्सफरमर चोरीको आरोपमा एक पक्राउ

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २८ भदौं । 
ट्रान्सफरमर चोरीको आरोपमा फरार रहेका सप्तरीको रुपनगर ५ निवासी ४५ वर्षिय झब्बर भन्ने शिवशंकर यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
बिद्युत प्राधिकरण उपकेन्द्र कञ्चनपुर शाखाले कस्माल भन्ने स्थानमा जडान भएको १ सय केभीको ट्रान्सफरमर लाईन काटेर चोरी गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको हो । 
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले रुपनगरबाट यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ट्रान्सफरमर चोरीको आरोप लागेका मैनाकडेरी ९ का दशरथ खंग फरार रहेको प्रहरीले जनाएको छ । 
स. १ त २३७७ नम्बरको टयाक्टरको ट्रलीमा ट्रान्सफरमरको तेल लगेको अवस्थामा खोलामा फेला परेपछि खोजतलाश गर्ने क्रममा रुपनगरस्थित सिद्धीपुरको राप्राबिको प्राङगणबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट