News Category 2070/05/31

“बैद्यले होइन निर्वाचनले बैद्यजीलाई बहिष्कार ग¥यो ”

दैनिक समाचारदाता

दैनिक संवाददाता
काठमाडौं, ३० भदौं । 
एनेकपा माओवादीका प्रवक्ता अग्नि प्रसाद सापकोटाले बैद्य नेतृत्वको नेकपा–माओवादीलाई निर्वाचनले नै बहिष्कारको अवस्थामा पु¥याएपछि बैद्यजी निर्वाचनप्रति सकारात्मक देखिएको बताउनु भएको छ । 
क्रान्तिकारी पत्रकार संघको केन्द्रिय समिति बैठक तथा राजनैतिक प्रशिक्षण कार्यक्रमको आइतबार काठमाडौंमा उद्घाटन गर्नै प्रवक्ता सापकोटाले ढिलो भएपनि माओवादी निर्वाचनको पक्षमा देखिएकोलाई सकारात्मक ढंगलले लिनुपर्ने बताउनुभयो । 
एमाले र काँग्रेस अहिले निर्वाचनको मिति सार्ने पक्षमा रहेको भन्दै सापकोटाले घोषित मितिमै निर्वाचन हुनुपर्ने कुरामा राष्ट्रपतिले सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो । 
बैद्य नेतृत्वको माओवादीलाई एमाले काँग्रेसले नै निर्वाचनमा सहभागि हुनबाट बञ्चित गराइरहेको आरोप समेत उहाँले लगाउनुभयो । 
उहाँले निर्वाचनप्रति क्रान्तिकारी पत्रकार संघ आक्रमक चुनावी प्रचार प्रसार शैलीमा लाग्नुपर्नेमा जोड दिनुभयो । क्रान्तिकारी पत्रकार संघका संयोजक गोबिन्द आचार्यको अध्यक्षतमा आयोजित कार्यक्रममा विभिन्न राज्य समितिका संयोजकहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट