News Category 2073/07/19

सवारी दुर्घटनामा ६ को मृत्यु, पाँच घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
पूर्वका विभिन्न जिल्लामा बुधबार भएको सवारी दुर्घटनामा ६ जनाको जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 
सुनसरीको मधेसा ९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ५०७६ नम्बरको माईक्रो बसको ठक्करबाट को १ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नाम थर वतन खुल्न नसकेका एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।  
ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई जिल्ला अस्पताल सुनसरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोका चालक सिन्धुली पुरानो झागझोली २ बस्ने २८ बर्षिय सुरेस खड्का समेत घाईते भएका छन् । उनको ईनरुवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
यता सुनसरीकै मधेली ३ स्थित भित्री सडक खण्डमा अल्फाबेट नखुलेको ४७३० नम्बरको मोटरसाइकलकको ठक्करबाट सोही ठाउँका सिमल शर्माको १० बर्षिय छोरा रावल शर्मा घाइते भएका छन् । घाइते बालकको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले खोजी कार्य भइरहेको अस्थायि प्रहरी पोष्ट चाँदबेलाले जनाएको छ ।
यस्तै मोरङको ईटहरा ४ ईटहरा स्थीत भित्री सडकमा को १ च ५५६५ नम्बरको  मारुती भ्यान र को ७ प ५७०८ नम्बरको  मोटरसाइकलले ठेलालाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ ईटहरा २ बस्ने १८ बर्षिय क्लीनडन बिष्ट र पछाडी सवार काठमाण्डौ पेप्सीकोला बस्ने २६ बर्षिय राजु थापाको मृत्यु भएको छ । 
दुर्घटनाम घाइते दुवैलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा  ईटहरा २ बस्ने २२ बर्षिय प्रकाश राई र ठेला चालक ईटहरा ३ बस्ने २१ बर्षिय सुजन न्यौपाने समेत घाईते भएकाले राइको न्युरो अस्पताल विराटनगरमा र न्यौपानेको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ । यता भ्यानका चालकलाई प्रहरी चौकी ईटहराले नियन्त्रणमा लिएको छ ।
यसैगरि सिरहाको चन्द्रअयोध्यापुर १ स्थित पुरानो टोलमा स १ त ४१०० नम्बरको 
ट्रयाक्टरको ठक्करबाट सोही ठाउँका घुस्का सदाको ६ बर्षिय छोरा कमलेश सदाको मृत्यु भएको छ । बेलुका ७ बजेतिर ठक्करबाट गम्भिर घाइते भएका बालकको सप्तऋषी अस्पताल लहान लाजाने क्रममा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटा नगरपालिका १५ स्थित तमोर नदीको पुल नजिकै मंगलबार को २६ प ५१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको बारमा ठोक्किदा मोटरसाइकलको पछाडी सवार १४ बर्षिय बालिका वेरना राईको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुढीमोरङ ८ बस्ने २३ बर्षिय साजन राई गम्भिर घाइते भएका छन् । घाइते राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बालिकाको भारतको सिलगडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको राजबिराज ३ स्थित हनुमाननगर सडक खण्डमा स१प ४४१० नम्बरको मोटरसाइकलले  ठक्कर दिदाँ पैदलयात्री बभनगामाकट्टी ३ बस्ने बर्ष ५५ को बद्री झा घाइते भएका छन् । घाइते झाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट