News Category 2073/09/19

अभियान अन्तरगत १६ हजार बढी गाजा बोट नष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले चलाएको अभियान अन्तरगत १६ हजार ६ सय १४ गाजाका बोटहरु नष्ट गरिएको छ । 
प्रहरीले अभियान अन्तरगत एक महिनाको अवधिमा जिल्लाको बिभिन्न नगरपालिका तथा गाविसका ३७ वटा स्थानका बिभिन्न वडाहरुमा रहेको उक्त गाजाका बोटहरु नष्ट गरेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत बिभिन्न प्रहरी ईकाईहरुका प्रहरीले राजविराज र कंचनरुप नगरपालिका तथा बैरवा, कल्याणपुर, ईनर्वा, फुलबडिय, हर्दिया, पिप्रापश्चिम, भारदह, बकधुवा, जण्डोल, सितापुर, रायपुर, तेह्रौता, बसबिट्टी, शम्भुनाथ नगरपालिका, पातो, औरही, भुतही, बोदेबर्साईन, मानराजा, सारस्वर, नेगडा, खड्कपुर, बनौली, फुलकाही, लोहजरा, मलेठ, देउरी, तरही, तिलाठी, सखरपुरा, रामपुरमल्हनियाँ, गोईठी, पकरी, हरिहरपुर, दिघवा, काचन, सिसुवाबेल्ही, धनगढी लगायतका स्थानहरुमा घर वरपर तथा करेसाबारीमा रहेका १६ हजार ६ सय १४ गाजाका बोट काटेर नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले गत मंसिर १७ गतेदेखी गाजाका बोटहरुको पहिचान गरी अविलम्ब नष्ट गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट