News Category 2070/06/22

गणतान्त्रिक र अखण्ड नेपालका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ असोज । 
संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दत्र्ता गराएका सप्तरीका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ ।  
उमेर नपुगेका र प्रस्ताव, समर्थक अर्काे क्षेत्रको भन्दै निर्वाचन अधिकृतको कार्यालयले  मधेशी जनअधिकार फोरम गणतान्त्रिक र अखण्ड नेपाल पार्टीका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द गरेको हो । 
मधेशी जनअधिकार फोरम गणतान्त्रिकको तर्फबाट सप्तरीको क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दत्र्ता गराएका अरवेन्द्र कुमार यादवको उमेर २५ बर्ष नपुगेको भन्दै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी रद्द गरेको जिल्ला निर्वाच कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । यादवको उमेर २४ बर्ष २ महिना १४ दिन मात्र पुगेको पाईएकाले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ । 
यस्तै अखण्ड नेपाल पार्टीको तर्फबाट सप्तरीको क्षेत्र नम्बर २ मा उम्मेदवारी मनोनयन दत्र्ता गराएका सन्तोष कुमार यादवको पनि उम्मेदवारी मनोनयन रद्द गरेको छ ।
उनको प्रस्ताव र समर्थक अर्काे निर्वाचन क्षेत्रको भएकाले उनको उम्मेदवारी रद्द गरिएको जिल्ला निर्वाच कार्यालय सप्तरीका प्रमुख साहले जानकारी दिनुभयो । उहाँको प्रस्ताव र समर्थक क्षेत्र नम्बर ३ का मतदाता भएकाले उम्मेदवारी रद्द गरिएको साहले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट