News Category 2073/12/23

जंगली हात्तीको आक्रमणबाट दुई युवकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।  
सप्तरीको हनुमाननगर बजारमा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई युवकको उपचारका क्रममा मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तिले हनुमाननगर बजार क्षेत्रमा आतंक मचाउँदा अन्य ५ जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ । 
हनुमाननगर हात्ति प्रवेश गरेपछि सो हात्तिको आक्रमणमा परेर गम्भिर घाइते भएका हनुमाननगर ४ निवासी १८ वर्षिय रोशन झा र २२ वर्षिय संजय साफीको उपचारका क्रममा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
हात्तीको आक्रमणबाट हनुमाननगर बजारका संगीत साह, कालीचरण दास, नविना खातुन, ईसाद अली र बसन्त मण्डल घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज भइरहेको छ ।
यता हात्तिले जिल्लाको हनुमाननगरसहित योगिनियाँ, को. बसाईन्, भारदह समेतमा घार तोडफोड गरेको छ भने भारदहस्थित केरा बगानमा समेत हात्तिले क्षति पु¥याएको छ । प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा हात्तीलाई जंगली क्षेत्र तर्फ धपाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट