News Category 2074/01/04

मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, ३ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम अन्तर्गत आईतबार जिल्ला स्तरीय निर्वाचन कार्यालयहरु घेराउ गरेको छ ।
मोर्चाको केन्द्रिय कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय सप्तरी अगाडी आइतबार मधेशी मोर्चा सप्तरीले कार्यालय अवधीभर कार्यालय घेराउ गरेका हुन् । 
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको नेतृत्वमा जिल्लादेखी केन्द्रिय नेता तथा कार्यकर्ताहरुले बिहान १० बजेदेखि निर्वाचन कार्यालय घेराउ गरेको थियो । 
सो घेराउ कार्यक्रममा सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्यहरु राजेन्द्र प्रसाद यादव, दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, हरेकृष्ण प्रसाद सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र साह, अशोक कुमार यादव, २ नं. प्रदेशका मुख्य सचिव शम्भु झा, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य तारकेश्वर यादव, सदभावना पार्टीका भिमराज यादव, अमरकान्त झा, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, महिलानेतृ पुनम यादव, तमलोपाका केन्द्रिय सहमहामन्त्री जयप्रकाश ठाकुर, केन्द्रिय सदस्य साधना झा सहितका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट