News Category 2074/01/05

पत्रकारको आन्दोलनमा मोर्चा र युथ नेपालको समर्थन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, ४ बैशाख ।
विभिन्न माँगहरु राख्दै ६ दिनदेखी काठमाडौंस्थित नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा आन्दोलन गर्दै धर्ना बस्दै आएका सप्तरीका पत्रकारहरुको माँगप्रति ऐक्यबद्धता जनाउँदै सप्तरीका सम्पुर्ण पत्रकारहरुले सोमबार राजविराजमा दवाव ¥याली निकालेका छन् । 
यस्तै पत्रकारहरुको आन्दोलनमा सप्तरी युथ नेपालले समेत समर्थन जनाउँदै ऐक्यबद्धता ¥याली निकालेको छ । छुट्टाछट्टै ब्यानरमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाबाट निकालिएको उक्त ¥यालीमा जिल्लामा रहेका पत्रकार तथा युवाहरुको सहभागिता रहेको थियो । सो ¥याली नगर परिक्रम पश्चात् पुनः महासंघमै पुगेर सभामा परिणत भएको थियो । 
सभामा पत्रकार महासंघका पूर्वसभापति विष्णु मण्डलले सप्तरीका पत्रकारहरुले काठमाडौंस्थित केन्द्रिय कार्यालयमा धर्ना दिइरहेको भन्दै उनीहरुको माँग अविलम्ब पुरा गर्न महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई आग्रह गर्नुभयो ।
यस्तै यूथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले पत्रकारहरुको माँगप्रति विना विभेद गरि पुरा गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सभामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरी संयोजक दिनेश यादवले पत्रकारहरुको आन्दोलनमा मोर्चाको पुर्ण समर्थन रहेको भन्दै केन्द्रिय समितिलाई माँग पुरा गर्न माँग गर्नुभयो । 
विगत दुई वर्षदेखी जिल्लामा विभिन्न चरणको आन्दोलन गर्दै आएका सप्तरीका पत्रकारहरुप्रति केन्द्रिय कार्यालयले कुनै चासो नदेखाएको भन्दै अन्तिम पटक बाध्य भई काठमाडौंमूखी आन्दोलन गर्नुपरेको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट